जुम्ला, असोज २२-
जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
मृत्यु हुनेमा घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ ।
यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् ।
शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो ।
२२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








