काठमाडौं ,१९ असोज-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दसैँको टीका लगाइदिएका छन्।
खुमलटारस्थित प्रचण्ड निवासमा विजया दशमीको टीका लगाइएको फोटो छोरी गंगा दाहालले सार्वजनिक गरेकी हुन् ।
तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने खाली छ । बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् ।








