काठमाडौं, असोज १४-
डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आलोचना गरेका छन् ।
आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनको भनाइ छ । ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने भएपनि राख्न नसकेको उनले बताए ।
सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।








