Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत १६, २०८२
☰
Logo सोमबार, चैत १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • १०. ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

नवरात्रमा कुन रूप भएकी देवीको पूजा गर्ने ?

काठमाडौं, असोज १०-
सोमबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशै ।

सामान्य समयमा मनाउने नवरात्र भने यसपटक शुक्रग्रह अस्त भएको समयमा परेकाले नयाँ व्रत लिनेहरूले व्रतभन्दा उपासना मात्र गरेर पूजा गर्दा शुभ हुने छ । घटस्थापनाको शुभसाइत सोमबार बिहान १० बजेर २३ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जानकारी गराएको छ ।

नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभमुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधनापश्चात् प्रसादस्वरूप दशमीको दिन लगाउने टीका धर्म,अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवीभागवतमा बताइएको छ ।

आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरूको शास्त्रमा व्याख्या गरिएको छ । यी चार नवरात्रहरूमा आषाढशुक्ल र माघशुक्लपक्षका तिथिहरुलाई गुप्तनवरात्र भनिन्छ ।

यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्रशुक्ल र आश्विनशुक्ल पक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्दा विशेष फलदायी रहने उल्लेख गरिएको छ ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि कुन भगवतीको पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ ।

सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ । आश्विनशुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नवरात्र मनाइन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

नौ दिनसम्म कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने ?

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा गर्नुपर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजनपश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

पहिलो दिन

यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ ।

दोस्रो दिन

कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ ।

तेस्रो दिन

दुःख-कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने कुरा बताइएको छ ।

चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।

पाँचौं दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

छैटौं दिन

आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ ।

सातौं दिन

कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

आठौं दिन

महागौरी भगवतीको घटस्थापनाको आठौं दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्त दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

नवौं दिन
घटस्थापनाको नवौं दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्न सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । यस दिन पायस अर्थात् गाईको दुधबाट बनाइएको खिर भोग लगाएमा हरेक प्रकारका कार्य सफल हुने उल्लेख गरिएको छ। यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन्, त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता छ ।

– ज्योतिष सुरेशचन्द्र रिजाल

 

Chitwan Aaja चितवन आज
सोमबार, असोज १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

ताजा समाचार

सबै

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.