Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ०२, २०८२
☰
Logo बुधबार, पुष ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • २. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ५. आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

  • ६. चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

  • ७. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ८. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • ९. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • १०. एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सुधा देव
सप्तरी, ९ असोज –

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।

सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन ।

कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो । मोबाइल र साथीहरूसँग व्यस्त भई पढाइप्रति ध्यान दिन छाड्यो । कक्षा ६ मा अध्ययनरत छोरा कक्षामा १५औँ स्थानमा आयो ।

छोराको बिग्रँदो भविष्यप्रति चिन्तित परियारले दुखेसो पोखिन्, ‘छोरा गतिलो भएर सुख पाउने आशमा बसेको त त्यो आशा पनि कोरोना र मोबाइलले खोसेर लगेको छ । अब कसको सहयोग पाउने आशामा म बाँच्नु ? मेरो जिन्दगी नै अन्धकार हुने भयो ।’

राजविराज नगरपालिका वडा नं ६ खर्साल टोलकी ३९ वर्षीया अनिता यादव पनि छोरा लेखपढमा भन्दा मोबाइल चलाउनमा व्यस्त हुन थालेपछि निकै चिन्तित हुन थालेकी छन् । जिल्लाकै एउटा गैरसरकारी संस्थामा कार्यरत उनी छोराको भविष्य अन्धकारतर्फ जानलागेको चिन्ताले सताएको छ । उनले भनिन्, ‘छोरा कक्षा ९ मा पढ्छ । एकछिन मोबाइल नभई हुँदैन । लत जस्तै भएको छ ।’

छोरालाई भोकभोकै बसेर भए पनि मोबाइल चलाउन पाए पुग्ने भएको उनले बताइन् । ‘अहिले मोबाइल चलाउने बेला भएको छैन,पढ्ने बेला हो । राम्ररी पढ्यौ भने भविष्य उज्ज्वल हुन्छ भन्दा पनि बुझ्दैन’ छोराको भविष्यको चिन्ताले त कति रात निदाउन नसकेको उनको अनुभव छ ।

चिन्तित अभिभावक र शिक्षक
छोराछोरी, नातिनातिनाहरूमा बढ्दो मोबाइलको लतलाई लिएर आमाबाबु, हजुरआमा हजुरबाबुहरू निकै चिन्तित हुनथालेका छन् । परिवारमा तनाव भएर घरको माहोल बिगार्ने कामसमेत हुन थालेको छ । छोरीको मोबाइल कुलतबाट आजित रमेश चौधरी भन्छन्– जतिबेला पनि मम्मीको मोबाइल उनको हातमा हुन्छ । फोन गर्न माग्यो भने दिन मान्दैन । गाली गरेर मोबाइल माग्यो भने रिसाएर घरबाट निस्किदिन्छ ।

विष्णुपुर गाउँपालिका वडा नं. ३ हाटीकी संजु यादवलाई पनि कक्षा ८ र ९ मा पढ्ने छोराछोरीको मोबाइलको लत देखेर विरक्त लाग्ने गरेको छ । उनले भनिन्, ‘मोबाइल आवश्यक छ तर जतिबेला पनि मोबाइल हातमा बोक्ने कुरा होइन । नत दराजभित्र थुन्ने नै चिज हो । एकछिन छोड्यो कि हातमा आउनै गाह्रो ।’ मोबाइल पाएपछि के के न पाए जस्तो गरेर आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सेर अधिकार मात्र खोज्न थालेको दुखेसो यादवको छ ।

राजगढ गाउँपालिकाको कमलपुरस्थित श्री खुमनाथ जगरनाथ शक्ति आधारभूत विद्यालयका शिक्षक श्यामप्रित मण्डलले अहिले विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय वस्तु मोबाइल भएको उल्लेख गर्दै मोबाइलको गलत प्रयोगले बालबालिका र युवामा नकारात्मक असर परिरहेको बताए ।

उनले भने, ‘वाइफाई, इन्टरनेट पहुँच नभएको ठाउँभन्दा पहुँच भएको ठाउँका अधिकांश परिवारका युवा तथा बालबालिकाहरू धेरैभन्दा धेरै समय मोबाइलमा अनावश्यक समय खर्च गर्न थालेपछि पढाइमा कमजोर भइरहेका छन् ।’

विद्यार्थीहरू पढाइमा कमजोर भएका विद्यार्थीहरूमध्ये एक हुन्, राजविराज नगरपालिका वडा नं. १ चनौराकी बिनिता रजक । रजक २०७९ को एसइई परीक्षामा गणित विषयमा अनुत्तीर्ण भइन् । मोबाइलमा धेरै समय खर्चिनाले उनको पढाइमा समेत असर गर्‍यो । उनले भनिन्, ‘कोरोनाको समयमा लामो समय विद्यालय बन्द थियो । काम नभएपछि मोबाइल हेर्न धेरै समय दिन्थेँ । अहिले लत जस्तै भएको छ । एक दिन खान नदिँदा केही लाग्दैन । दुई घण्टा मोबाइल नहेरी सक्दिनँ ।’

रजकको मोबाइलमा युट्युबमा कमेडी भिडियोहरू हेर्ने बानी बसेको छ । उनको अनुभवमा कक्षामा पढाइ चलिरहँदा पनि केटाकेटीहरू च्याटिङ् हुन्छन् । पढाइतिर ध्यान दिँदैनन् ।

राजविराजस्थित केशो अनुरूद्धवती माध्यमिक विद्यालयका विज्ञान शिक्षक निलम मिश्राका अनुसार, कोरोनाकाल सुरु भएपछि दुई वर्षयता मोबाइल प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या हवात्तै बढेको छ । उनको अनुभवमा विद्यार्थीहरूले घरमा बढी समय र विद्यालयमा लुकीछिपी मोबाइल चलाउँदै आएका छन् । विद्यार्थीहरूले मोबाइलबाट केही सिक्नुभन्दा त्यसको अनावश्यक रूपमा प्रयोग गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले भनिन्, ‘विद्यार्थीहरूमा मोबाइलको लत बढेपछि,सही सदुपयोग हुन नसकेपछि विद्यार्थीहरूको शैक्षिक स्तर घट्नु अहिलेको सबैभन्दा चुनौती र चिन्ताको विषय बनेको छ ।’

खासगरी शिक्षित अभिभावक होस् वा अशिक्षित,सबै आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहन्छन् । अचेल उनीहरू एकैछिन फुर्सत पाउनेबित्तिकै मोबाइल हातमा लिएर सामाजिक संजालमा व्यस्त भै हाल्छन् ।

आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन मोबाइल बनेको छ ।

अधिकांश अभिभावकले धेरै काम मोबाइलबाट गर्ने गरेका छन् । बालबालिकाले घरमा अधिकांश समय आमाबाबुले मोबाइल चलाएको हेरिरहेका हुन्छन् । उनीहरूले आमाबाबु वा घरको अन्य सदस्यले बानीव्यहोराबाटै धेरै कुरा सिकिरहेका हुन्छन् ।

ससाना बालबालिकालाई अल्झाउन, सजिलै र छिटोखाना खुवाउनका लागि मोबाइल हेर्न दिनेको सङ्ख्यामा प्रतिदिन वृद्धि हुँदै छ । बालबालिकालाई अल्मल्याउन सजिलो पाटोको रूपमा मोबाइललाई प्राथमिकतामा राखेपछि बालबालिकाहरूलाई मोबाइलको लत लाग्ने गरेको छ । बालबालिकाहरू शरीरलाई असर पर्ने पहिले जस्तो खेलकुद नगरी धेरै समय घरमै बिताउन चाहनुको परिणाम पनि हो मोबाइलमा लत ।

मोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेला तुरून्तै जानकारी लिन सकिन्छ । सूचना एकै छिनमा विश्वमा पु¥याउन सकिन्छ । बालबालिकालाई सिकाउन र विद्यार्थीलाई अल्छी नलाग्ने गरी पढाउनका लागि मोबाइल सहयोगी साधन बन्न सक्छ । यति हुँदाहुँदै पनि बालबालिकालाई मोबाइलको कुलत नलागोस् भन्नेमा अभिभावक तथा शिक्षकहरू सजग र सचेत हुनु जरूरी छ । शिक्षक मण्डल ससाना बालबालिकादेखि १२ सम्मका विद्यार्थीहरूलाई अति आवश्यक कामका लागि बाहेक मोबाइलको पहुँचबाट टाढा राख्नुपर्ने तर्क छ ।नयूज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
एमाले महाधिवेशनः मतदान बुधबार बिहान
मूलाको पात पोषणको खजाना, फ्याँक्नुअघि सोच्नुहोस्

ताजा समाचार

सबै

आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

एमाले महाधिवेशनः मतदान बुधबार बिहान

मूलाको पात पोषणको खजाना, फ्याँक्नुअघि सोच्नुहोस्

कांग्रेसले २४ घण्टाभित्रै क्रमसंख्यासहितको फारम जिल्ला पठाउने

चितवनमा होण्डा गाडीको सर्भीस सेन्टर खुल्यो, सौरभ ज्योती दम्पत्तीले गरे उद्वघाटन : जेन्युन अटोसँग सहकार्य

शान्ति श्री परियार र गोपाल सापकोटाको  “काली गङ्गा सलल” गीत सार्वजनिक

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने

सभापति देउवा र नेता कोइरालाबीच भेट

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

बिलबिजक नभएको सामानसहित पक्राउ

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

उमेर हदले अनेरास्ववियुबाट बिदा भएका नरेश रोकाया बने एमाले केन्द्रीय सदस्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • २.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ५.
    आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

  • ६.
    चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech