Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सुधा देव
सप्तरी, ९ असोज –

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।

सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन ।

कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो । मोबाइल र साथीहरूसँग व्यस्त भई पढाइप्रति ध्यान दिन छाड्यो । कक्षा ६ मा अध्ययनरत छोरा कक्षामा १५औँ स्थानमा आयो ।

छोराको बिग्रँदो भविष्यप्रति चिन्तित परियारले दुखेसो पोखिन्, ‘छोरा गतिलो भएर सुख पाउने आशमा बसेको त त्यो आशा पनि कोरोना र मोबाइलले खोसेर लगेको छ । अब कसको सहयोग पाउने आशामा म बाँच्नु ? मेरो जिन्दगी नै अन्धकार हुने भयो ।’

राजविराज नगरपालिका वडा नं ६ खर्साल टोलकी ३९ वर्षीया अनिता यादव पनि छोरा लेखपढमा भन्दा मोबाइल चलाउनमा व्यस्त हुन थालेपछि निकै चिन्तित हुन थालेकी छन् । जिल्लाकै एउटा गैरसरकारी संस्थामा कार्यरत उनी छोराको भविष्य अन्धकारतर्फ जानलागेको चिन्ताले सताएको छ । उनले भनिन्, ‘छोरा कक्षा ९ मा पढ्छ । एकछिन मोबाइल नभई हुँदैन । लत जस्तै भएको छ ।’

छोरालाई भोकभोकै बसेर भए पनि मोबाइल चलाउन पाए पुग्ने भएको उनले बताइन् । ‘अहिले मोबाइल चलाउने बेला भएको छैन,पढ्ने बेला हो । राम्ररी पढ्यौ भने भविष्य उज्ज्वल हुन्छ भन्दा पनि बुझ्दैन’ छोराको भविष्यको चिन्ताले त कति रात निदाउन नसकेको उनको अनुभव छ ।

चिन्तित अभिभावक र शिक्षक
छोराछोरी, नातिनातिनाहरूमा बढ्दो मोबाइलको लतलाई लिएर आमाबाबु, हजुरआमा हजुरबाबुहरू निकै चिन्तित हुनथालेका छन् । परिवारमा तनाव भएर घरको माहोल बिगार्ने कामसमेत हुन थालेको छ । छोरीको मोबाइल कुलतबाट आजित रमेश चौधरी भन्छन्– जतिबेला पनि मम्मीको मोबाइल उनको हातमा हुन्छ । फोन गर्न माग्यो भने दिन मान्दैन । गाली गरेर मोबाइल माग्यो भने रिसाएर घरबाट निस्किदिन्छ ।

विष्णुपुर गाउँपालिका वडा नं. ३ हाटीकी संजु यादवलाई पनि कक्षा ८ र ९ मा पढ्ने छोराछोरीको मोबाइलको लत देखेर विरक्त लाग्ने गरेको छ । उनले भनिन्, ‘मोबाइल आवश्यक छ तर जतिबेला पनि मोबाइल हातमा बोक्ने कुरा होइन । नत दराजभित्र थुन्ने नै चिज हो । एकछिन छोड्यो कि हातमा आउनै गाह्रो ।’ मोबाइल पाएपछि के के न पाए जस्तो गरेर आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सेर अधिकार मात्र खोज्न थालेको दुखेसो यादवको छ ।

राजगढ गाउँपालिकाको कमलपुरस्थित श्री खुमनाथ जगरनाथ शक्ति आधारभूत विद्यालयका शिक्षक श्यामप्रित मण्डलले अहिले विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय वस्तु मोबाइल भएको उल्लेख गर्दै मोबाइलको गलत प्रयोगले बालबालिका र युवामा नकारात्मक असर परिरहेको बताए ।

उनले भने, ‘वाइफाई, इन्टरनेट पहुँच नभएको ठाउँभन्दा पहुँच भएको ठाउँका अधिकांश परिवारका युवा तथा बालबालिकाहरू धेरैभन्दा धेरै समय मोबाइलमा अनावश्यक समय खर्च गर्न थालेपछि पढाइमा कमजोर भइरहेका छन् ।’

विद्यार्थीहरू पढाइमा कमजोर भएका विद्यार्थीहरूमध्ये एक हुन्, राजविराज नगरपालिका वडा नं. १ चनौराकी बिनिता रजक । रजक २०७९ को एसइई परीक्षामा गणित विषयमा अनुत्तीर्ण भइन् । मोबाइलमा धेरै समय खर्चिनाले उनको पढाइमा समेत असर गर्‍यो । उनले भनिन्, ‘कोरोनाको समयमा लामो समय विद्यालय बन्द थियो । काम नभएपछि मोबाइल हेर्न धेरै समय दिन्थेँ । अहिले लत जस्तै भएको छ । एक दिन खान नदिँदा केही लाग्दैन । दुई घण्टा मोबाइल नहेरी सक्दिनँ ।’

रजकको मोबाइलमा युट्युबमा कमेडी भिडियोहरू हेर्ने बानी बसेको छ । उनको अनुभवमा कक्षामा पढाइ चलिरहँदा पनि केटाकेटीहरू च्याटिङ् हुन्छन् । पढाइतिर ध्यान दिँदैनन् ।

राजविराजस्थित केशो अनुरूद्धवती माध्यमिक विद्यालयका विज्ञान शिक्षक निलम मिश्राका अनुसार, कोरोनाकाल सुरु भएपछि दुई वर्षयता मोबाइल प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या हवात्तै बढेको छ । उनको अनुभवमा विद्यार्थीहरूले घरमा बढी समय र विद्यालयमा लुकीछिपी मोबाइल चलाउँदै आएका छन् । विद्यार्थीहरूले मोबाइलबाट केही सिक्नुभन्दा त्यसको अनावश्यक रूपमा प्रयोग गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले भनिन्, ‘विद्यार्थीहरूमा मोबाइलको लत बढेपछि,सही सदुपयोग हुन नसकेपछि विद्यार्थीहरूको शैक्षिक स्तर घट्नु अहिलेको सबैभन्दा चुनौती र चिन्ताको विषय बनेको छ ।’

खासगरी शिक्षित अभिभावक होस् वा अशिक्षित,सबै आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहन्छन् । अचेल उनीहरू एकैछिन फुर्सत पाउनेबित्तिकै मोबाइल हातमा लिएर सामाजिक संजालमा व्यस्त भै हाल्छन् ।

आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन मोबाइल बनेको छ ।

अधिकांश अभिभावकले धेरै काम मोबाइलबाट गर्ने गरेका छन् । बालबालिकाले घरमा अधिकांश समय आमाबाबुले मोबाइल चलाएको हेरिरहेका हुन्छन् । उनीहरूले आमाबाबु वा घरको अन्य सदस्यले बानीव्यहोराबाटै धेरै कुरा सिकिरहेका हुन्छन् ।

ससाना बालबालिकालाई अल्झाउन, सजिलै र छिटोखाना खुवाउनका लागि मोबाइल हेर्न दिनेको सङ्ख्यामा प्रतिदिन वृद्धि हुँदै छ । बालबालिकालाई अल्मल्याउन सजिलो पाटोको रूपमा मोबाइललाई प्राथमिकतामा राखेपछि बालबालिकाहरूलाई मोबाइलको लत लाग्ने गरेको छ । बालबालिकाहरू शरीरलाई असर पर्ने पहिले जस्तो खेलकुद नगरी धेरै समय घरमै बिताउन चाहनुको परिणाम पनि हो मोबाइलमा लत ।

मोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेला तुरून्तै जानकारी लिन सकिन्छ । सूचना एकै छिनमा विश्वमा पु¥याउन सकिन्छ । बालबालिकालाई सिकाउन र विद्यार्थीलाई अल्छी नलाग्ने गरी पढाउनका लागि मोबाइल सहयोगी साधन बन्न सक्छ । यति हुँदाहुँदै पनि बालबालिकालाई मोबाइलको कुलत नलागोस् भन्नेमा अभिभावक तथा शिक्षकहरू सजग र सचेत हुनु जरूरी छ । शिक्षक मण्डल ससाना बालबालिकादेखि १२ सम्मका विद्यार्थीहरूलाई अति आवश्यक कामका लागि बाहेक मोबाइलको पहुँचबाट टाढा राख्नुपर्ने तर्क छ ।नयूज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

ताजा समाचार

सबै

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.