Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

काठमाडौ, असोज १-

‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पु¥याउनुभयो ।

विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद रु एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।

प्रसिद्ध म्यागासेसेलगायत दर्जनाँै पुरस्कार प्राप्त गरिसक्नुभएका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उहाँ भन्नुहुन्छ, “पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।”

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाउनुभएको छ पुनले ।

अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउनुहुन्छ । “म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु”, उहाँले भन्नुभयो ।

विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मनुभएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाउनुभयो । जसले पुनको जीवनलाई बदलिदियो । अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकाङ्क्षी लक्ष्य लिएर गाउँ फर्किनुभयो ।

पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर प¥ुयाउनुभयो । इन्टरनेट जोडेर उदाहरणीय काम गर्नुभयो । बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गर्नुभयो अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पु¥याउनुभयो ।

आविष्कार केन्द्र किन !

पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि खोल्नुभएको हैन । यहाँबाट कुनै लाभ लिऔँला भन्ने महत्वकाङ्क्षा पनि छैन । तर युवाको सीप र सिर्जनालाई आविष्कार गरेर उद्यमशीलता विकास गर्ने पुनमा हुटहुटी छ । त्यसैले पुन आफ्नो यात्रामा अविचलित हुनुहुन्छ । “यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन,” उहाँले भन्नुभयो, “म फरक किसिमको स्वतन्त्र मान्छे हुँ । ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको । यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे । कुनै व्यवसाय गर्न जानिन । जागिर चाहिँ मन नपर्ने भएर नखाएको । व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन । पूँजी छैन । त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो । र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो ।”

पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको निकै दर्दनाक कहानी सुनाउनुभयो । उक्त अवधिमा पुनले नेपालका पहाडी जिल्लामा घुम्ने गाउँलेहरुलाई सघाउने काम गर्नुभयो । गाउँले जनताको सुखदुःखमा रमाउने उहाँको बानी बन्यो । पुन भन्नुहुन्छ, “मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाए । नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन् ।”

बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो । तर, कसरी रु अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ । रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ । “हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो । उद्यमी नभएकाले रोजगारी भएन । अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने । गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो । उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ । त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो”, पुनले भन्नुभयो ।

उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ । अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो । अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै हुनुहुन्छ । पुनको विचारमा नेपालको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुले नै हो । सरकारले उद्यमी फस्टाउने वातावरण बनाइदिने हो ।

पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र भनेको ‘प्लेटफर्म’ हो त्यहाँ आएर काम गर्ने वातावरण बनाइदिएको हो । हामीले वातावरण बनाएका छौँ, आइडिया र सिर्जनशीलता, भएका नेपालीले केन्द्रमा आविष्कार गर्नसक्छन् । आइडियामा अनुसन्धान गरेर उद्यमशीलता विकासका लागि केन्द्रले प्रोत्साहित गर्ने गरेको पुनले सुनाउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु । तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन । बाध्य भएर भनेको हो । म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मिहिनेत गरिरहेको छु ।”

पुनको अनुभवमा अनुसन्धान ‘रिस्की’ काम हो । धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ । आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म रु १५ करोड सहयोग जुटिसकेको पुनले जानकारी दिनुभयो ।

पुनले यस्ता आविष्कार केन्द्र देशभर विस्तार गर्नुपर्ने र यसमा सरकारले विशेष चासो दिनुपर्ने औँल्याउनुभयो । एनआरएनएहरुले विदेशमा आर्जन गरेको आर्थिक लगानी ज्ञान, सीप र प्रविधिलाई नेपालमा अनुसन्धान क्षेत्रमा लगानी गर्नुपर्ने पुनको भनाइ छ । साथै, अनुसन्धानमूलक क्षेत्रमा लगानी गर्न नेपालका बैंकहरुलाई आग्रह गर्नुभयो ।

आविष्कार केन्द्रमा के भइरहेको छ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन् । पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ । कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ । एउटै साँघुरो थलोमा यी सब काम कोचाकोच गरेर भइरहेका पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी सिक्दैछौँ । अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ । हामीलाई पिएचडी गर्न धेरै वर्ष लाग्छ । किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन ।”

सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा रु एक पनि थिएन । आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन । म झोला बोकेर हिँड्नेले कसरी गर्ने । सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ । यसलाई अझै माथि लैजाने पुनको सोच छ । अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ ।रासस

 

Chitwan Aaja चितवन आज
शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ताजा समाचार

सबै

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.