Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • १०. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

सीपी खनाल
काठमाडौं, २७ भदौ-
सामाजिक सञ्जालमा अहिले ‘बच्चा चोर’ भन्दै केही फोटो र भिडियो भाइरल भएका छन्। त्यसमध्ये एउटा भिडियो र त्यसैसँग सम्बन्धित केही फोटोमा प्रहरीहरु, एक बालिका र एक अधवैँशे महिला देखिन्छ। भाइरल पोस्टमा चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै तपाईं हाम्रो घर आँगनमा पनि यस्ता व्यक्ति आउन सक्ने भन्दै सचेत हुन भनिएको छ।

तर हाम्रो तथ्य जाँचमा यो दावी गलत देखिएको छ। अधवैँशे महिलासँग भेटिएकी बालिका उनकै छोरी रहेको प्रहरीले पुष्टि गरेको छ।

कसरी भयो भाइरल ?
रानीमहल नामको फेसबुक पेजले आइतबार ११ सेप्टेम्बर २०२२ राति अपलोड गरेको केही फोटोसहितको पोस्ट २४ घण्टामा १४ सय पटक सेयर भएको छ भने १६ सय रियाक्सन र १७६ कमेन्ट देखिन्छ।

रानीमहल फेसबुक पेजबाट भाइरल भएको पोस्ट। बालिकाको फोटोलाई हामीले नचिनिने बनाएका छौँ।

त्यसैगरी इटहरीखबर नामको फेसबुक पेजमा उही फोटो र उही विवरण राखेर गरिएको पोस्ट पनि भाइरल भएको छ। हामीले सोमबार राति स्क्रिनसट लिँदासम्म यो पोस्ट १७ सय पटक सेयर भइसकेको छ भने ५ हजार रियाक्सन र २२१ कमेन्ट देखिन्छ। यहाँ क्लिक गरी स्क्रिनसट हेर्नुस्।

उही फोटो र उही विवरणसहितको तिलोत्तमा सिटी न्युज नामको फेसबुक पेजमा पनि यो पोस्ट भाइरल भएको छ। यसमा सोमबार रातिसम्म ६५९ सेयर, ९२६ रियाक्सन र ८२ कमेन्ट छन्।

मिडिया अनलाइनखबर नाम राखिएको अर्को फेसबुक पेजमा उही फोटो र विवरणसहितको पोस्ट ९५४ सेयर १२ सय रियाक्सन र ४९ कमेन्ट छन्।

फेसबुकमा अरु थुप्रै पेज, ग्रुप र व्यक्तिहरुले समेत यो विवरणसहितको पोस्ट सेयर गरेका छन्।

उक्त पोस्टमा भएको विवरण यस्तो छ-

आज करिब ७ बजे साँझ पूर्व मंगलापुर टोलमा इभिनिङ वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको छ।
महिला इन्डियाको हैदरवादको भएको र बच्चा बुटवल, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको जानकारी भयो। यस्ता चोर तपाईं हाम्रो घर आँगनमा पनि आउन सक्छन, सचेत हौँ।
त्यसैगरी उही विवरण राखिएको भिडियो पनि फेसबुकमा भाइरल भएको छ। रुटिन अफ बुटवल बन्द नामको फेसबुक पेजमा राखिएको यो भिडियो सोमबार रातिसम्म २ लाखभन्दा बढीले हेरिसकेका छन्।

भिडियोमा अधवैँशे महिला सडकमा अनुहार झुकाएर बसिरहेकी देखिन्छिन् भने बालिकालाई महिला प्रहरीले बोकेर विभिन्न प्रश्न सोधिरहेकी छिन्। एक पुरुषले बालिकालाई तिम्रो मामु हो भनेर सोध्छन्। भिडमा आवाज सुनिन्छ, हैन होला भए नि हो भन्ला।
के हो तथ्य ?
भाइरल पोस्टमा ठाउँ प्रष्ट नखुलाइए पनि हामीले यो फोटो र भिडियो खिचिएको स्थान रुपन्देहीको तिलोत्तमा मंगलापुरको भएको पुष्टि प्रहरीबाट गर्‍यौँ।

मंगलापुर प्रहरी चौकीका सई लक्ष्मण डाँगीका अनुसार भिडियो र फोटोमा देखिएकी अधवैँशे महिला पाल्पा तानसेन ७ लामिडाँडा बस्ने ज्योति रञ्जन हुन्। त्यसमा देखिएकी ५ वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि कागज गरेर जिम्मा लगाइएको छ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन। भाषा बोल्न नजानेकैले उनले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएको तर प्रहरीले अनुसन्धान पछि उनी र बच्चालाई आफन्तको जिम्मा लगाइसकेको उनले जानकारी दिए।

प्रहरीले ज्योति र उनकी छोरीलाई नवलपरासी पश्चिम सुनवल नगरपालिका १ बस्ने उनकी नन्द सुनिता थापाको जिम्मा लगाएको थियो। सुनिता थापाले हामीसँग कुरा गर्दै आफ्नी भाउजु ज्योति र भतिजी दिप्ती आफूसँगै रहेको र पाल्पाबाट लिन आएपछि पाल्पा नै पठाउने बताइन्।

भदौ ७ गते बिहान स्कूल गएका ज्योतिका छोराहरु जेठो १७ वर्षीय दिनेशराज सिंह गन्धर्व, माइलो १४ वर्षीय चनराज सिंह गन्धर्व र कान्छो १२ वर्षका समिरराज सिंह गन्धर्व हराएका थिए। उनीहरुले भदौ ११ गते प्रहरी चौकी प्रवासमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले उनीहरुको खोजीका लागि प्रयत्न गरिरहेको भएपनि उनीहरु फेला परेका छैनन्।

‘बच्चाहरु स्कुलबाट नफर्किएको भन्दै भदौ ११ गते प्रवास प्रहरीमा निवेदन आएको थियो, हामीहरु खोजतलासका लागि सबैतिर जानकारी पठाएका छौं’, प्रहरी चौकी प्रवासका सई भरत थापा भन्छन्,‘यिनीहरुको परिवारभित्र पनि झैझगडा भएको रहेछ, त्यसपछि छोराहरु खोज्न भनेर आमा घरबाट हिँडेको रहेछ।’

जिल्ला प्रहरी कार्यालय पाल्पा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज विष्णु न्यौपाने हराइरहेका उनीहरुको खोजीका लागि बुटवलसम्म जानकारी पठाइएको र मामाघर भारत गएको हुनसक्ने अनुमानका आधारमा भारतमा समेत खोजीका लागि परिवारलाई अनुरोध गरिएको बताइन्।

सोमबार राति नेपाल प्रहरीको साइबर ब्युरोले पनि विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको भनिएको छ। त्यस्ता प्रचारमा उल्लेख भए झैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त नभएको त्यसमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि आफ्नो फेसबुकमा सामाजिक सञ्जालमा उल्लेख भए झैँ घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएको भन्दै हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ।

बच्चा चोरीको यस्तो हल्ला नेपालमा मात्र हैन, छिमेकी देश भारतका विभिन्न राज्यहरुमा पनि फैलिएको भारतीय मिडियाहरुका समाचारमा देख्न सकिन्छ।

तथ्य जाँच
दावी : नेपालको मंगलापुरमा एक अपरिचित महिलाले एक बालिकालाई चाउमिन खुवाउने भनी फकाई फुलाई चोरेर भगाउन खोजिन्। यो बारे फोटो र भिडियोहरु।

दावीकर्ता : फेसबुकका विभिन्न पेज, ग्रुप र व्यक्तिहरु।

तथ्य :  मिथ्या सूचना । भाइरल फोटो र भिडियोमा देखिएकी महिला भारत माइती भएकी ज्योति रञ्जन भएको र उनीसँगैकी ५ वर्षीया बालिका उनकै छोरी रहेको प्रहरीले पुष्टि गरेको छ।

– यो तथ्य जाँच NepalFactCheck.org बाट जस्ताको त्यस्तै साभार गरिएको हो

 

 

Chitwan Aaja चितवन आज
सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.