काठमाडौं । नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
सोमबार दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकालाई ६(० ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले समान एकरएक गोल गरिन् ।
समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो ।