काठमाडौं, भदौ २४-
नेपाल चेपाङ सङ्घको पाँचौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन् । गोविन्दरामले एक सय २३ मत प्राप्त गर्दा सुनिमायाले ९२ मत प्राप्त गरे ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ एक सय १५ मतसहित विजयी भएका छन् । अर्का प्रत्यासी कृष्णबहादुर चेपाङले ८१ मत प्राप्त गरे ।
उपाध्यक्षमा सुमित्रा चेपाङ एक सय २३ मत र महासचिवमा सन्तबहादुर चेपाङ एक सय १६ मतसहित विजयी भए । सचिवमा सुरेन्द्र चेपाङ एक सय १९ मत र भरतलाल चेपाङ एक सय १२ मतसहित विजयी हुँदा कोषाध्यक्षमा आइतलाल चेपाङ निर्विरोध भएका हुन् ।
यसैगरी मकवानपुरबाट छ जना, धादिङबाट पाँच जना, गोरखाबाट तीन जना र लमजुङ एवं तनहुँबाट एक–एक जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
चितवनबाट सात जना सदस्य भने निर्वाचन प्रक्रियाबाटै चुनिएका छन् । उक्त समिति ३५ सदस्यीय रहेकामा ३० जना निर्वाचित भएका हुन् ।
यस समितिमा पाँच जना भने पछि मनोनित हुनेछन् । नेपालमा चेपाङ समुदायका नागरिकको सङ्ख्या ६९ हजार दुई सय ३३ छ । यसअघि चैत ३ गते उद्घाटन भएको महाधिवेशन विशेष कारणबाट रोकिएको थियो ।








