बन्दीपुर, भदौ २३-
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स जोनको आयोजनामा बन्दीपुर हेरिटेज राइड सम्पन्न भएको छ ।
शुक्रबार चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सो राइड सम्पन्न भएको हो ।
सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो ।
सो दिन चितवनमा परेको अविरल वर्षा र नारायणघाट–मुग्लिन सडकमा भएको अवरोधका बीच पनि राइडरहरु उत्साहपूर्वक राइड कार्यक्रममा सहभागी भएका थिए ।
राइडरहरुलाई बन्दीपुर रेवानको तर्फबाट आकर्षक खादा लगाइनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार












