काठमाडौं, भदौ २२-
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध परेको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।
लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ।
लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेर सोही राती आफूमाथि लामिछानेले पटक(पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।
काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्।
जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








