Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ

डा. बलराम तिमल्सिना

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्याख्या, विश्लेषण र समालोचन भएको पाइन्छ । साहित्य सिर्जनामा उहाँ आफूलाई कहाँनिर उभ्याउनु हुन्थ्यो, उहाँको सृजनामा साहित्यमा देखापरेका विभिन्न वादहरूमध्ये कुन वादको प्रभाव परेको छ, उहाँले कुन वादको पक्षपोषण गरेको पाइन्छ वा पाठकहरूले उहाँका कृतिहरू अध्ययन गर्दा कुन बादको झल्को पाउँछन् भन्ने विषयमा धेरै समीक्षा, छलफल, वाद विवाद, क्रिया प्रतिक्रिया, लेखन आदि भएको पाइन्छ ।

महाकवि देवकोटा साहित्य क्षेत्रको मूर्धन्य त हुनुहुन्थ्यो नै त्यसै गरी अध्यात्म, धर्म, दर्शनसम्बन्धी पनि उहाँको आफ्नो छुट्टै धारणा थियो । राजनीतिमा पनि उहाँको लगाव थियो भन्ने कुरा त शिक्षा मन्त्री भएकोबाट प्रष्ट भइहाल्छ । त्यसैगरी शिक्षा केका लागि, शिक्षा कस्तो हुनुपर्दछ, शिक्षा प्रणाली कस्तो हुनुपर्दछ आदि बारेमा पनि उहाँको प्रस्ट दृष्टिकोण र धारणा थियो । यो छोटो लेखमा महाकवि देवकोटाको साहित्यिक, धार्मिक वा राजनीतिक कुनै पनि पाटोलाई छुने प्रयास गरिएको छैन, मात्र देवकोटाको शिक्षासम्बन्धी दृष्टिकोण कस्तो थियो, उहाँ देशमा कस्तो शिक्षा हुनुपर्दछ भन्ने चाहानुहुन्थ्यो, तत्कालीन शिक्षा र शिक्षा पद्वतिप्रति उहाँको के कस्तो धारणा थियो भन्ने सामान्य चर्चा गर्न खोजिएको छ ।

महाकवि देवकोटा डा. के आइ सिंहको मन्त्रिमण्डलमा छोटो समय शिक्षा मन्त्री पनि हुनुभयो । छोटै समय शिक्षा मन्त्रीको रुपमा रहे पनि उहाँले सबै नेपालीलाई एकताको सूत्रमा बाध्ने प्रमुख माध्यम भनेको भाषा हो । देशमा एउटा भाषा सबैको साझा हुनुपर्दछ भन्ने अभिप्रायले नेपाली भाषालाई देशभरका विद्यालय र कलेजहरूमा अनिवार्य गर्न महत्वपूर्ण योगदान दिनुभयो ।

उच्च शिक्षाको क्षेत्रमा अहिलेसम्म नेपालमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन विश्वविद्यालयको स्थापनामा पनि महाकवि देवकोटाको ठूलो भूमीका रहेको कुरा सबैलाई थाहा छ । देवकोटा अलि लामो समय शिक्षामन्त्री रहनु भएको भए नेपालको शिक्षा प्रशाासन, पाठ्क्रम, पाठ्पुस्तक र समग्रमा भन्दा शिक्षा पद्वतिमा आमूल परिवर्तन हुन्थ्यो होला भनेर अहिले कल्पना गर्न सकिन्छ । तर, दुर्भाग्य उहाँ जम्मा जम्मी ११० दिन मात्र शिक्षा मन्त्री रहनुभयो । तर यति छोटो समयमा पनि शिक्षा सुधारमा उहाँले पु¥याएको योयदान प्रशँसनीय छ ।

महाकवि देवकोटा तत्कालीन शिक्षा पद्धति र प्रणलीमा आमूल परिवर्तन हुनुपर्दछ भन्ने मान्यता राख्नु हुन्थ्यो । उहाँबाट व्यक्त भएका विचारबाट प्रस्ट हुन्छ कि उहाँ तत्कालीन (अहिलेसम्म पनि त्यसबेलाको शिक्षा पद्धतिमा खास परिवर्त भएको छैन) शिक्षा पद्धतिसँग सन्तुष्ट हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– यो शिक्षा पद्धतिले वा अहिलेको पाठ्यक्रम, पाठ्यपुस्तक र चलनचल्तीको यो शिक्षण सिकाई प्रक्रियाले एक पूर्ण मानब बनाउन सक्दैन । यो प्रणालीले त विद्यार्थीको अन्तरमनले चाहेको एक चिज छ, तर प्रदान गर्छ अर्कै चिज । उहाँ प्रस्ट भाषामा भन्नुहुन्थ्यो, विद्यालयहरू मेसिन उत्पादन गर्ने कारखाना भएका छन्, यिनीहरूले मानव उत्पादन गर्न सकेका छैनन् । वास्तवमा शिक्षण संस्थाले एक नैतिकवान र स्वतन्त्र विचारको मानव उत्पादन गर्नु पर्ने हो, जुन हुन सकेको छैन भनेर भन्नुहुन्थ्यो ।

एक पूर्ण मानव बन्नको लागि शिक्षा अपरीहार्य हो, जस्ले मानिसकोे सामाजिक, साहित्यिक, आर्थिक, धार्मिक व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरामा देवकोटा प्रष्ट हुनुहुन्थ्यो भन्ने कुरा शिक्षा मन्त्री हुँदा अभिब्यक्त गरेका विचारहरू वा उहाँका कतिपय कविताबाट प्रस्ट हुन्छ । उहाँको कविता ‘निरक्षर’ (Illiterate) मा मानिस निरक्षर भयो भने ऊ कस्तो हुन्छ, के कस्ता दुःख कष्ट झेल्नु पर्छ, उस्को जीवन कसरी नीरस र उद्देश्य वा गन्तब्यविहीन हुन्छ भन्ने कुरा साहित्यिक र विम्बात्मक रुपमा उल्लेख गर्नु भएको छ ।

देवकोटा भन्नुहुन्थ्यो कि व्यक्तिलाई अवसर, उत्प्रेरणा र उत्साह प्रदान गर्यो भने उस्ले आफ्नो क्षमता अनुसारको उपलब्धि हासिल गर्दछ । एक व्यक्तिको चाहना भनेको समाजले उसलाई स्वीकारोस्, समाजिक क्षेत्रमा संलग्न र समावेश गरोस् जसका कारण ऊ समाजमा एक्लो नहोस् भन्ने नै हो । मानिस सामाजिक जीवनमा स्वतन्त्र र सक्षम रुपमा ढुक्क भएर सहभागी हुन चाहन्छ । देवकोटा भन्नुहुन्थ्यो यी सबै कुरा शिक्षाले मानिसलाई प्रदान गर्नु पर्दछ ।

महाकवि देवकोटाले शिक्षा मानिसलाई किन आवश्यक पर्छ, शिक्षाले ब्यक्तिको समग्र विकासमा के कस्तो भूमिका खेल्छ भन्ने मात्र होइन कि शिक्षा कस्तो हुनु पर्दछ, शिक्षा कुन सिद्धान्त र विश्वासवाट अभिप्रेरित हुनु पर्दछ भन्ने दृष्टिकोण पनि राखेको पाइन्छ । उहाँ पूर्ण मानव बनाउने शिक्षाको पक्षपाती हुनुहुन्थ्यो । पूर्ण मानव, जोसँग परिवारको पालन पोषणको लागि आर्थिक उपार्जन गर्ने सिप र क्षमता होस्, समाजको नैतिकवान र इमान्दार सदस्य बनोस् र देशको माया गर्ने देशभक्तिले ओतप्रोत भएको राष्टवादी ब्यक्ति बनोस् भन्ने दृष्टिकोण देवकोटाका कतिपय लेख रचना र उहाँका भाषणहरूमा पाउन सकिन्छ । शिक्षाले प्रेम, मानवता र न्यायको पक्षमा उभिने व्यक्ति निर्माण गरोस् भन्ने दृष्टिकोण थियो देवकोटाको ।

देवकोटाका शिक्षासम्बन्धी विचार र विश्वका शिक्षाका दर्शनशास्त्रीहरूको शिक्षा सम्बन्धी विचार र दृष्टिकोण पर्गेल्दा धेरै कुरामा समानता पाइन्छ । शिक्षाविद जोनडिवे भन्छन्– शिक्षाले मानिसलाई आलोचनात्मक चेत भएको ब्यक्तिको रुपमा विकास गर्न सहयोग पु¥याउनु पर्दछ । यसका अतिरिक्त मानिसका हरेक क्रियाकलाप मानवीय मूल्य र मान्यताबाट निर्देशित हुनु पर्दछ जुन कुरा उस्लाई शिक्षाले सिकाउनु पर्दछ । यहाँनिर देवकोटाले देख्न चाहेको ‘पूर्ण मानव’ र जोनडिवेको ‘मानवीय मूल्य र मान्यतामा चल्ने मानव’ बीचमा पूर्णतः समानता देखिन्छ । त्यसैगरी अर्का शिक्षाविद् जे कृष्णमुत्र्ति भन्छन्– शिक्षाले मानिसलाई स्वतन्त्र र भयरहित बनाउनु पर्दछ । उहाँ थप्नुहुन्छ– प्रत्येक मानिस आफैमा पूर्ण हुन्छ र ऊ कसैसँग तुलना योग्य हुदैन, त्यसैले शिक्षाले मानिसलाई उसमा भएको क्षमता र दक्षतालाई उजागर गर्दै सभ्य, सौम्य, शालीन र सीपयुक्त सामाजिक प्राणीको रुपमा विकास गर्न सहयोग पुर्‍याउनु पर्दछ । देवकोटाले जस्तै कृष्णमुर्तीले पनि व्यक्तिलाई मानवीय गुणले सम्पन्न सामाजिक सदस्यको रुपमा स्थापित गर्न शिक्षाले योगदान दिनु पर्दछ भन्ने कुरामा जोड दिएका छन् ।

अहिंसावादी नेता महात्मागान्धीको दृष्टिकोणमा शिक्षाले त्यस्तो व्यक्ति निर्माण गर्नु पर्दछ जस्ले स्वतन्त्र र प्रजातान्त्रिक समाज र राष्ट्र निर्माणमा योगदान गर्न सकोस् । शिक्षित व्यक्ति समाजमा मिलेर बस्ने, आपसमा सुमधुर सम्बन्ध विकास गर्ने, नैतिकवान, मानवीय मूल्य र मान्यताबाट निर्देशित गाउँ, समाज र राष्ट्रप्रति बफादार हुनु पर्दछ भन्ने धारणा थियो महात्मा गान्धीको । गान्धीका यी विचार र धारणाहरू प्नि देवकोटाको शिक्षासम्बन्धी धारणासँग मेल खाने देखिन्छ । दक्षिण अफ्रिकी प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको शिक्षासम्बन्धी दृष्टिकोण पनि महाकवि देकोटासँग मिल्ल्दो थियो । मण्डेला भन्नुहुन्थ्यो– शिक्षित व्यक्ति मानवीय गुणले त सम्पन्न हुनै पर्दछ, भलै ती गुणहरू समाज, सम्प्रदाय, देश र महादेश अनुसार केही फरक किन नहुन् । तर आधारभूत मानवीय गुण त विश्वमा नै एकै हुनुपर्दछ । मण्डेलका अनुसार आफू जन्मेको परिवार, समाज र देश अनुरुपको मूल्य र मान्यता पछ्याउन सक्ने बनाउनुपर्छ शिक्षाले मानिसलाई । नोबेल पुरस्कार प्राप्त भारतीय विद्वान अमत्र्यसेनका अनुसार पनि शिक्षाले मानिसलाई समाजको एक उत्कृष्ट सदस्यको रुपमा बिकास गनुपर्दछ । An Uncertain Glory भन्ने प्रख्यात पुस्तकमा अमत्र्यसेन लेख्छन्– शिक्षाको प्राप्तिले मानिसको जीवनलाई परिवर्तन गर्दै एक उत्कृष्ट समाजिक प्राणीकोे रुपमा गुणस्तरीय जीवन जीउनको लागि सहयोग गर्दछ । यसरी हेर्दा विश्वका अग्रणी शिक्षाविद जोनडिवे, जे कृष्णमुर्ति, लगायत अहिंसाबादी नेता महात्मा गान्धी, नेल्सन मण्डेला तथा अमत्र्यसेन जस्ता विचारकसँग देवकोटाको शिक्षा सम्वन्धी अवधारणा मिलेको देखिन्छ ।

अन्तमा देवकोटाको शिक्षासम्बन्धी दृष्टिकोण र विचारलाई नियाल्दा उहाँ आधुनिक विश्वमा चलेको शिक्षाको लहर र शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई अँगाल्ने शिक्षा पद्धति र प्रणाली हुनु पर्दछ भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ शिक्षाले कोरा सैद्धान्तिक ज्ञान प्राप्त व्यक्तिभन्दा सभ्य, शालीन, नैतिकवान, राष्ट्र र राष्ट्रियताप्रति बफादार, जीवनोपयोगी सीपले सुसज्जित व्यक्ति निमार्ण गरोस् भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँका यी विचार र धारणाहरू आज पर्यन्त त्यतिकै महत्वपूर्ण र समय सान्दर्भिक देखिन्छन् । वास्तवमा शिक्षाले एउटा व्यक्तिलाई देवकोटाले भने झैँ पूर्ण मानव बनाउन सहयोग गर्नुपर्ने कुरामा दुईमत छैन । यो छोटो लेखलाई यहिँ बिट मार्दै साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दछु । अस्तु ।

(लेखक डा.तिमल्सिना शिक्षा मन्त्रालयको पूर्व उपसचिव हुन् ।)

Chitwan Aaja चितवन आज
बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा
आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.