काठमाडौं, भदौ ८-
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३९ हजार ९९१ कित्ता सेयर लिलामीमा किन्ने ८ भदौ अन्तिम दिन रहेको छ ।
बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १४५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार