सप्तरी, भदौ ५-
सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।
नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न- गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलो गाँजा बरामद गरेको हो।








