Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत १५, २०८२
☰
Logo आइतबार, चैत १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता

काठमाडौं ,साउन ३१-

नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच मंगलबार फिनल्याण्डमा भएको भेटवार्तामा उनीहरुले दुई देशका साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा मन्त्री भुसालले जलवायु परिवर्तनका लागि नेपालले कुनै योगदान नगरेको तर त्यसको असर भोग्नुपरेकाले फिनल्याण्ड सरकारसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न भइरहेको प्रकोपको असर कम गर्नका लागि फिनल्याण्ड सरकारबाट प्राप्त सहयोग थप विस्तार गर्न आग्रह गरिन् । मन्त्री भुसालले भनिन्, “जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीचको सहकार्यलाई विस्तार गरौँ, हवाई उड्डयनको पूर्वानुमानलाई पनि थप प्रभावकारी तुल्याउनका लागि प्रविधिमैत्री बनाउनुपर्छ । त्यसका लागि हामीलाई फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।”

नेपालको ऊर्जा क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको जलविद्युत् विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “बूढीगण्डकीजस्ता ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा सरकारले प्राथमिकता दिएको छ, त्यसका लागि ठूलो आर्थिक आवश्यकता पर्छ, बूढीगण्डकी आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।” उनले आफ्नो देशले स्वच्छ ऊर्जालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै हाइड्रोजन ऊर्जा विकास गर्नका लागि प्रविधि हस्तान्तरण गरेर सहयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी फिनल्यण्डका मन्त्री स्किन्नरीबीले नेपालको सामाजिक विकास र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने असर कम गर्ने विषयमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “जलवायु परिवर्तनका हाम्रो साझा समस्या हो, यसको असर कम गर्न हामी नेपाललाई सहयोग गर्नेछौँ ।” जलवायु परिवर्तनको असर कम गर्न र नेपालको ऊर्जा तथा सामाजिक विकासमा थप सहयोग गर्नका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री स्किन्नरीबीले जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो भेटघाटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, डिएचएमका महानिर्देशक कमलराम जोशी र फिनल्याण्डका तर्फबाट नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्टिनेन, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआइ)का महानिर्देशक जुस्सी काउरोलालगायतको सहभागिता रहेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई)बीच सन् २०१० देखि मौसम पूर्वाअनुमानका विषयमा सहकार्य हुँदै आएको छ । सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि फिनल्याण्डले नेपालाई ऊर्जा विकास, सरसफाइ, खानेपानी तथा मौसम तथा उड्डयनको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यसअघि जलस्रोत तथा सिँचाइ सचिव राई र फिनल्याण्डको यातायात तथा सञ्चार सचिव डा पेल्भी टोर्स्टीबीच जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्ने विषयमा छुट्टै छलफल भएको थियो । डिएचएम र एफएमआईबीच थप सहकार्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको हो । पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउने विषयमा छलफल भएको सचिव राईले जानकारी दिए । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना
तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ताजा समाचार

सबै

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.