Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • ९. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • १०. धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता

काठमाडौं ,साउन ३१-

नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच मंगलबार फिनल्याण्डमा भएको भेटवार्तामा उनीहरुले दुई देशका साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा मन्त्री भुसालले जलवायु परिवर्तनका लागि नेपालले कुनै योगदान नगरेको तर त्यसको असर भोग्नुपरेकाले फिनल्याण्ड सरकारसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न भइरहेको प्रकोपको असर कम गर्नका लागि फिनल्याण्ड सरकारबाट प्राप्त सहयोग थप विस्तार गर्न आग्रह गरिन् । मन्त्री भुसालले भनिन्, “जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीचको सहकार्यलाई विस्तार गरौँ, हवाई उड्डयनको पूर्वानुमानलाई पनि थप प्रभावकारी तुल्याउनका लागि प्रविधिमैत्री बनाउनुपर्छ । त्यसका लागि हामीलाई फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।”

नेपालको ऊर्जा क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको जलविद्युत् विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “बूढीगण्डकीजस्ता ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा सरकारले प्राथमिकता दिएको छ, त्यसका लागि ठूलो आर्थिक आवश्यकता पर्छ, बूढीगण्डकी आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।” उनले आफ्नो देशले स्वच्छ ऊर्जालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै हाइड्रोजन ऊर्जा विकास गर्नका लागि प्रविधि हस्तान्तरण गरेर सहयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी फिनल्यण्डका मन्त्री स्किन्नरीबीले नेपालको सामाजिक विकास र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने असर कम गर्ने विषयमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “जलवायु परिवर्तनका हाम्रो साझा समस्या हो, यसको असर कम गर्न हामी नेपाललाई सहयोग गर्नेछौँ ।” जलवायु परिवर्तनको असर कम गर्न र नेपालको ऊर्जा तथा सामाजिक विकासमा थप सहयोग गर्नका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री स्किन्नरीबीले जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो भेटघाटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, डिएचएमका महानिर्देशक कमलराम जोशी र फिनल्याण्डका तर्फबाट नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्टिनेन, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआइ)का महानिर्देशक जुस्सी काउरोलालगायतको सहभागिता रहेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई)बीच सन् २०१० देखि मौसम पूर्वाअनुमानका विषयमा सहकार्य हुँदै आएको छ । सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि फिनल्याण्डले नेपालाई ऊर्जा विकास, सरसफाइ, खानेपानी तथा मौसम तथा उड्डयनको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यसअघि जलस्रोत तथा सिँचाइ सचिव राई र फिनल्याण्डको यातायात तथा सञ्चार सचिव डा पेल्भी टोर्स्टीबीच जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्ने विषयमा छुट्टै छलफल भएको थियो । डिएचएम र एफएमआईबीच थप सहकार्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको हो । पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउने विषयमा छलफल भएको सचिव राईले जानकारी दिए । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल
पाल्पामा चुनावी चहलपहल
निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

ताजा समाचार

सबै

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.