Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ७. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ८. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ९. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • १०. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

नारायणगढ–मुग्लिन सडक : वैकल्पिक सडक निर्माण नहुँदा वर्षेनी सास्ती

– शुक्र गिरी

काठमाडौं, साउन २९ –
यति खेर वर्षाको समयमा यात्रा गर्ने मानिसहरु प्रायजसो अलपत्र पर्ने गरेका छन्। सडक बिस्तार पनि भइरहेको छ तर सानो अवरोध आउँदा पनि रोकिनु पर्ने अवस्था छ।

सबैभन्दा ठूला तथा धेरै सवारी कुद्ने राजमार्गहरुमा सडक अस्तव्यस्त छन्। यस्तै पूर्व-पश्चिम र पृथ्वी राजमार्ग जोड्ने नारायणघाट-मुग्लिन सडक खण्ड पहिरोका कारण दिनकै बन्द हुने गरेको छ। अहिले यी सडक हुँदै यात्रा गर्ने यात्रुहरु ढुक्कले यात्रा गर्न सक्ने अवस्थामा छैनन्। एक ठाउँमा पहिरो आइहालेमा गाडीहरुको दर्जनौं किलोमिटर लाइन हुन्छ।

यो वर्षायाममा पहिरोका कारण यात्रुले निकै सास्ती भोगिसकेका छन्। यसपाली उक्त सडक खण्डमा गएको पहिरो तथा सडक भासिएका कारण दुई जनाले ज्यान समेत गुमाएका छन्। यो सडकमा केही समय अगाडि मानिसहरु तीन दिनसम्म अलपत्र परेका थिए। त्यसपछि एक तर्फी सडक खुलेको थियो। यस्तो अवस्थामा तत्कालै सुधार हुने सम्भावना पनि छैन।

ठुला राजमार्ग भएपनि वैकल्पिक सडकहरु सरकारले निर्माण गर्न सकिरहेको छैन। ठुला राजमार्गलाई लक्षित गरी निर्माण हुने वैकल्पिक सडकहरुले सडक जाम हुनेदेखि वर्षायाममा बाढीपहिरोका कारण रोकिने गाडीहरु पास हुन पाउनेछन्। तर सरकारले भने भएकै राजमार्ग मात्र फराकिलो बनाउने तर्फ लागिरहेको छ।

सरकारले विश्व बैंकको सहयोगमा विस्तार गर्न लागेको नागढुंगा-मुग्लिन सडक पनि विस्तार मात्र गर्न लागेको छ। उक्त सडक विस्तार नगरी पारीपट्टी नयाँ सडक बनाउन संभाव्यता अध्ययन गरिएको थियो। तर पछि उक्त सडक खण्ड बनाउन धेरै लागत लाग्ने भन्दै सरकारले यतै भइरहेको सडकलाई नै विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएर निर्माणको सुरु गरेको छ।

सरकारले पहिले अध्ययन गरेको सडक निर्माण अगाडि बढाएको भए नागढुंगा-मुग्लिन सडक खण्डको वैकल्पिक सडक हुने थियो। यस सडक विस्तार आयोजनाका प्रमुख किरण कार्की भन्छन्, ‘नागढुंगा-मुग्लिन सडकमा वर्षाको समयमा आउने बाढी पहिरोका कारण सवारी साधान रोकिएमा उक्त सडक प्रयोग गर्न पाउने थिए।’

सबै सडक पुरै नयाँ बनाउने भन्ने हैन केही सिमित सडकहरु वैकल्पिक बनाउँदा राम्रो हुने कार्की बताउँछन्। ‘यसभन्दा अघि अध्ययन गरिएको पारिपट्टीको सडक नयाँ सडक बिसाल्टारदेखि फिक्लिङ एउटा खण्ड र सिस्नेखोलादेखि धार्केसम्म रहेको छ,’ उनले भने, ‘काठमाडौं उपत्यका भित्रिने धेरै जस्तो मालबहाक सवारी यही सडक प्रयोग गर्छन्। प्राकृतिक प्रकोप, मर्मत सम्भारलगायत कारण बारम्बार नागढुंगा-मुग्लिन सडक अवरोध हुने गरेको छ। अब विस्तारको काम सुरु गर्दा पनि यो सडक अवरोध हुन सक्ने संभावना छ।’

कार्कीले नागढुंगा-मुग्लिन सडक खण्डको पारिपट्टी निर्माण गर्ने भनिएको सडक १० किलोमिटरसम्म मात्र भएपनि गर्नुपर्ने बताउँछन्। ‘पछिल्लो समय वैकल्पिक राजमार्गहरु लगभग ४२ वटा निर्माणाधिन छन्। तर ठुला राजमार्गको लागि यस्ता छोटा दुरीका वैकल्पिक सडक अर्थात डाइभर्जन गर्न मिल्ने सडक भने निर्माण हुन सकेन,’ कार्कीले भने।

प्रमुख कार्कीका अनुसार संभाव्यता अध्ययन गर्दा लगानी धेरै लाग्ने भएपछि विश्व बैंकले यो नयाँ सडक निर्माण नगर्ने भनेको थियो। तर नेपाल सरकारले आफ्नै लगानीमा भने निर्माण गर्न सक्ने कार्की बताउँछन्। ‘विश्व बैंकले लगानी गर्ने भएकाले यसबाट पछि हटेर भएकै सडकलाई विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको हो,’ उनले भने।

अहिले भइरहेको मौरी खोलामा पनि पहिरो आइरहने भएकाले त्यसको विकल्पका रुपमा पारीपट्टी सडक बनाउन सकिन्छ। एउटा सडक बनाउँदा अर्को सडक अलपत्र पर्ने गरेको छ। अहिले राजमार्गमा यही भइरहेको हो। माथि डाँडामा अर्को सडक बनाउँदा त्यहाँ निस्किएको माटो तथा ढुंगा पानीले बगाएर तल्लो सडकमा थुप्रिएपछि समस्या भएको कार्कीले बताए।

‘सबै लामो सडक निर्माण गर्नु पर्ने छैन, तर हाल भएको समस्या समाधान गर्न १५ किलोमिटर सडक मात्र निर्माण गरे हुन्छ,’ कार्कीले भने, ‘यसको आवश्यकता भइसकेको छ। यसो गर्न सकेमा सडक जाम भएको बेला मात्र नभइ पहिरो जाने वा खहरे खोलाले पुर्याउने क्षतिबाट पनि बच्न सकिन्छ।’

यस्तै वैकल्पिक सडक निर्माण गरिएका सडक खण्डहरु पनि अलपत्र परिरहेका छन्। वर्षौदेखि त्यस्ता वैकल्पिक सडकहरु निर्माणाधिन छन्। लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि सिद्धबाबाको साटो वैकल्पिक सडक सुरु गरे पनि निर्माणलाई तीव्रता दिन सकेको छैन। बुटवलको धागो कारखाना, चरंगे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म करिब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, निर्माण अझै सकिएको छैन।

यस्तै नागढुंगा-नौबिसेको विकल्पको रुपमा रहेको धार्के- सितापाइला सडक पनि निर्माणाधिन छ। यो सडकको ३४ वर्षअघि नै ट्रयाक खोलिएको थियो। पछिल्लो समय यसलाई सरकारले प्रथामिकतामा राखेर निर्माण गरिरहेको छ।

यस्ता वैकल्पिक सडक नभएका पनि हैनन्, तर निर्माणधिन रहेका कारण प्रयोगमा ल्याउन कठिन भइरहेको कार्की बताउँछन्। ठुला राजमार्गको लागि वैकल्पिक सडक निर्माण गर्नु राम्रो हुने कार्कीको भनाइ छ।

यस्तै बिपी राजमार्गको पनि वैकल्पिक सडक निर्माण भएको छैन। यसमा पनि रातीको समयमा सडक सानो हुदा टिपरहरुको लाइनले जहिले समस्या हुने गरेको छ। यो राजमार्गमा पर्ने सिन्धुली-खुर्कोट सडक खण्डमा केही गरी ठुलो सवारी बिग्रेमा सबै गाडीहरु अलपत्र पर्ने गरेका छन्।

यसका लागि अब वैकल्पिक सडक बनाउनेतर्फ सडक विभागले अध्ययन गर्ने कार्कीले बताए। ‘विभागमा यस बारेमा धेरै छलफल गरिएको छ। अबका दिनमा भइरहेका सडक विस्तारमा भन्दा पनि वैकल्पिक सडक निर्माण गर्नेतर्फ सडक विभाग लागि पर्नेछ,’ कार्कीले भने।

हाल काठमाडौं उपत्यका सडक विस्तार आयोजना २९३ वटा, निर्वाचन क्षेत्र रणनीतिक सडक १६५ वटा सञ्चालनमा छन्। नेपालमा करिब १२ सय सडक र ७०० पुल निर्माणधिन अवस्थामा रहेको विभागको भनाइ छ। – बिजमाण्डू डटकमका लागि शुक्र गिरीले लेखेको यो समाचार हामीले यहाँ जस्ताको त्यस्तै साभार गरेका हौं ।

Chitwan Aaja चितवन आज
आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार
पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

ताजा समाचार

सबै

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.