क्यानबेरा, साउन २९-
सिड्नी–अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ ।
आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।
गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए ।
घट्नलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।\\
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















