Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

…‘जवानी सकिएको थाहै पाइन, कुलतमा फँसिसकेछु’

– पूजा परियार
चितवन, ०७९ साउन २० –
पात्र एक –
पार्वती (नाम परिर्वतन) उनी ४६ बर्षकी भइन् । दुई छोरीको बिहे भइसक्यो, एक छोरा वैदेशिक रोजगारीमा छन्, उनका श्रीमानले परिवार र घर सम्हालेर बसेका छन् ।

पावती भने आफैलाई सम्हाल्न र नयाँ जीवन बिताउने अठोटसहित लागूऔषध पुनस्थापना केन्द्र अर्थात् रिहाब सेन्टरमा छन् । उनी मादक पर्दाथ सेवनकर्ता (अल्कोहलिक) हुन् ।

नवलपरासी घर भएकी उनको समाजमा मगर जातीको बाहुल्यता बढी छ । जसकारण घरेलु मदिराको बारेमा थाहा थियो । उनका श्रीमान्ले पनि मदिरा खान्थे । श्रीमान् श्रीमतीसँगै बसेर खादाँखाँदै पार्वतीलाई मदिराको लत नै बस्यो ।

श्रीमान्ले घरबाहिर बसेर मदिरा नखाओस् भनेर घरमै खाने बानी बसाल्न साथी बनेकी उनलाई अन्तमा लत छुटाउन परिवारले साथ थियो ।

बाह्मण समुदायकी उनलाई गाउँमा सबैले बाहुनी बज्यै भनेर चिन्थे । उनी भन्छिन् ‘रक्सीको लतले मलाई परिवार र समाज दुवैको नजरमा गिरायो, बाहुनी बज्यै भनेर चिनिने म, बिस्तारै जड्यैनी बज्यै भएँ ।’

परिवारकै सल्लाहमा उनी अहिले आफूलाई परिर्वतन गर्न लागि परेकी छन् । लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन् ।

पार्वती भन्छिन्, ‘मनले आट्नुपर्छ, उमेरले केही फरक पार्दैन, परिवर्तन सम्भव छ ।’ तर पनि कुलतमा फसेर आफ्नो लोभलाग्दो उमेर र जवानीको समय खेर गएकोमा भने उनलाई निकै पछुतो छ ।

पात्र दुई –
सपना अधिकारी (नाम परिर्वतन), उमेर ३२ बर्ष । उनी पनि अल्कोहलिक हुन् । विगत डेढ बर्षदेखि रिहाबमा छन् । स्याङ्जाकी उनलाई श्रीमान्ले नै सुधारकेन्द्र बस्न आग्रह गरेर ल्याएका हुन् ।

उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए । श्रीमान्सँगको दुरी, एक्लोपना, परिवारको जिम्मेवारीलाई एक्लै हाँकिरहेकी सपनाले अल्कोहललाई साथी बनाइन् ।

अल्कोहलले उनलाई क्षणिक खुशी दियो, तर लामो समयसम्म माया, परिवार अनि समाजबाटै टाढा बनायो ।

उनी भन्छिन्,‘केही बेर रिफ्रेस्मेन्टको लागि पिएको रक्सीले, सधैं याद आइरहने ह्याङ भएको छ । तर पनि म चेन्ज भएर देखाउने छु ।’

सपनाका अनुसार पछिल्लो समय धेरै महिलाहरु अल्कोहलिक हुन् थालेका छन् । वैवाहिक जीवन, हिंसा, सामाजिक संञ्जाल, देखाशिखी, जिम्मेवारी, एक्लोपना, सामाजिक रहनसहनले गर्दा महिलाहरु नजानिदो तरिकाले दुव्र्यसनमा फसिरहेका छन् ।

‘विदेशमा श्रीमान् भएका श्रीमतीहरु साथीसंगत, एक्लोपनालाई आधार बनाएर विभिन्न लतमा फँसेका छन् । तनाब भयो, हिंसा भयो भनेर पिडा भुलाउने बाहनामा नशा खानेहरुको संख्या बढ्दो छ ।’ सपना भन्छिन् ।

पात्र ३  –
१६ बर्षको उमेरदेखि लागूऔषध (ड्रग्स) प्रयोगकर्ता रहेकी हाल २२ बर्षिया संगिता थापा अहिले रिहाबमा छन् । उनी चितवनकी चेली हुन् । आमाको अनुहार याद समेत नभएकी संगिताका बुबा रोजगारीका लागि विदेश पुगे । उनीहरु बुबा र आमा बिनाको परिवारमा हुर्किए ।

कक्षा ११ मा पढ्नका लागि नरायणगढ आएकी संगितालाई साथीभाइको माया, उनीहरुसँग बिताउने समयले लागूऔषध प्रयोगकर्ता बनायो ।

परिवारको अभाव सधैं खड्कीरहे पनि बुवाले पैसाको अभाव कहिले हुन नदिएको संगिता बताउँछिन् । त्यसैले पनि उनलाई प्रयोगकर्ता बन्न सजिलो भयो ।

उनको संगत पहिले नै रिहाब बसेर आएकाहरुसँग हुन पुग्यो । उनलाई चाहिएको साथ थियो तर खराब साथीको संगत अनि रेखदेख गर्ने कोही नभएपछि लागू औषधको मात लाग्यो ।

विगत सम्झँदै उनी भन्छिन्, ‘पहिलो पटक ब्राउन सुगर खाएको हो । पहिलो पटक खाँदा वान्ता भयो, बिस्तारै बिस्तारै जति खायो उत्ती मज्जा आउन थाल्यो, अनि सबैभन्दा आफ्नो साथी नै हो भन्ने सोच्थें । ’

ब्राउन सुगरबाट सुरु भएको दुव्र्यसनको यात्रा सिरिन्ज प्रयोग गर्ने, विभिन्न औषधीहरु खाने, झुठो बोलेर पैसा माग्नेसम्म पुग्यो । अन्तमा उनी बुवाको आग्रहमा रिहाब पुगिन् । जसले दुव्र्यसनबाट मुक्त हुने दृढ शक्ति प्रदान गर्यो ।

आमा-बुबाको माया, रेखदेख नहुने, भनेजति पैसा दिने, हरेक आवश्यता पूरा गरिदिने कारण पनि किशोरकिशोरीहरु दुव्र्यसनमा फस्नुका मुख्य कारण भएको संगिताको अनुभव छ ।

एकता नेपाल चितवन :

माथि उल्लेखित पात्रहरु एकता नेपाल चितवन नामक सुधारकेन्द्रमा रहेर परिर्वनका लागि संर्घष गरिहेका पात्रहरु हुन् ।

एकता नेपाल भरपुर महानगरपालिका वडा नम्वर १ ठिमुरामा रहेको छ । जहाँ अहिले १५ जना दुव्र्यसनमा फसेका किशोरी तथा महिलाहरु छन् । यो चितवनको एकमात्र महिला सुधारकेन्द्र हो ।

सुधार केन्द्रमा रहेका ती महिलाहरूलाई उनीहरूको व्यवहार र प्रकृतिअनुसार ३ देखि ६ महिना राखिन्छ । आवश्यक पराशर्म, उपचार, हेरचाह गर्नुका साथै यहाँ सीपमूलक तालिम दिई स्वरोजगार बन्न प्रेरित समेत गरिन्छ ।

एकता नेपालमा रहेका महिलाहरुले सिलाइकटाइ, हस्तकलाका सामान बनाउने, हार्पिक तथा साबुन बनाउने तालिमहरु लिन पाउँछन् ।

सुधारकेन्द्रमा विशेष गरी काठमाडौँ, पोखरा, स्याङजा, झापा, धरान, सुनसरी, मोरङ, बाँके लगायत तराईका अधिकांश जिल्लाबाट दुव्र्यसनमा फसेकाहरु आउने गरेका छन् ।

यस संस्था २०६३ सालमा सुधार केन्द्रमा बसेर रिकभर भएका ९ जना महिला मिलेर संचालनमा ल्याइएको संस्था हो । जसको संचालक लागुऔषध प्रयोगकर्ताबाट कारोबारी भई ‘रिकभर’ भएकी शान्ता घले हुन् ।

दृढ सङ्कल्पले पुनर्जीवन पाएकी शान्ता घले, अहिले आफ्नो सन्तानको मात्र आमा नभई एकता नेपाल संस्था र त्यससँग सम्बन्धित सबैकी आमा बनेकी छन् । उनलाई आमाबाहेक ‘सानु दिदी’ भनेर पनि चिन्छिन् ।

‘लागुऔषध दुव्र्यसनमा फसेकाहरूलाई नयाँ जीवन दिन धेरै पुनस्र्थापना तथा सुधार केन्द्रहरू बनेका छन् । तर, सुधार केन्द्रमा बसेर मात्र मुक्ति मिल्छ भन्ने सोच्नु गलत हो’, शान्ता भन्छिन् ।

दुव्र्यसनबाट मुक्त हुन परिवारको साथ, सहयोग अनि आफूभित्र नै म परिर्वतन हुनुपर्छ भन्ने अठोटले मात्र पुनर्जीवन पाउने उनको अनुभव छ ।

चितवनमा लागूऔषध प्रयोगकर्ता तथा अपराधको संख्या बढ्दो :

चितवनमा लागुऔषध प्रयोगकर्ता तथा लागूऔषधका अपराधको संख्या बढ्दो छ ।

धेरैजसो १५ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागूऔषधको प्रयोग बढ्दो देखिन्छ । गत वर्षमात्रै चितवनमा लागूऔषध मुद्दामा १५४ जना पक्राउ परेका छन् ।

जसमा महिला ११ जना र पाँच जना बालक रहेका छन् । यीमध्ये १७ वर्षको एक जना, १६ वर्षको दुई जना र १५ वर्षको दुई जना बालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुबाट गाँजा, चरेस, खैरो हिरोइन, डाइजेपाम, व्युपिनोर्फिन, फेनारगन, नाइट्रोजेपाम ,ट्याब्लेट तथा सिरिन्जहरु प्रहरीले बरामद गरेको छ ।

लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरुले चितवनलाई बढी प्रयोग गर्ने गरेको पाइएको छ । जसको प्रमुख कारण खुला सिमाना पनि रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

चितवनमा आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र ०७८/०७९ मा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन
चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

ताजा समाचार

सबै

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.