काठमाडौं, साउन १२-
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।
हिजो प्रतितोला ९४ हजारमा सुन कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ३० ले बढेर एक हजार १८५ तोकिएकोे छ ।