काठमाडौं, १० साउन-
सेयर बजार करिब ४५ अंकले घटेको छ ।
साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको सेयर बजार तेस्रो दिन आज ओरालो लागेको हो ।
सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।
सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ ।
सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार