काठमाडौं, ६ साउन-
भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रबारको बिदाइ गरिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् ९राखेप० का सदस्य(सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरहादुर खड्का लगायत एन्फा कार्यसमितीका सदस्यले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ । एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।
भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।
दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।