Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

संसद्‍मा नागरिकता बहस : कसले के भने ?

काठमाडौं ,असार ३०,-

हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरूले नागरिकता नपाएका युवाको समस्यालाई गम्भीरताका साथ बुझ्न आग्रह गरेका हुन् ।

सांसद कृष्णभक्त पोखरेलले जन्मसिद्धका आधारमा नागरिकता पाउने कुरा निर्विवाद रहेको तर अहिले जन्मसिद्धको आधारमा कयौँ नेपालीले नागरिकता पाउन नसकेको बताए । वंशीय आधार र लैङ्गिक पहिचान दिने भन्ने संविधानमा उल्लेख रहेको कुरा काट्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे । विदेशी महिला विवाह गरेर आएकाको हकमा आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहीँ पनि नभएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर छलफलको आवश्यकता औँल्याए ।

सांसद पद्माकुमारी अर्यालले विगतको विधेयक परिमार्जन गर्नुपर्ने भए परिमार्जन गरेर अघि बढ्नुपर्नेमा त्यसलाई फिर्ता गरेर नयाँ विधेयक ल्याउनु गलत भएको बताइन् । सांसद दिव्यमणिराज भण्डारीले गैरआवासीय नेपालीले नागरिकता पाउँछ भने उनीहरूको अधिकारका बारेमा प्रष्ट व्यवस्था हुन जरुरी रहेको बताए ।

सांसद सूर्यप्रसाद पाठकले संविधानबमोजिम यो काम धेरै पहिला गर्नुपर्नेमा ढिलै भए पनि आएको बताए । उनले विवाह भएर आएको महिलाले सात वर्षपछि अङ्गीकृत नागरिकता दिने गरी समृद्ध बनाएको विधेयक यसलाई हटाइएको आरोप लगाए ।

सांसद गङ्गा चौधरीले अङ्गीकृत नागरिकताका सम्बन्धमा अघिल्लो विधेयकमा राखिएका सात वर्षे प्रावधान प्रस्तुत विधेयकमा किन झिकियो भनी प्रश्न गरिन् । सांसद विमला विश्वकर्माले नागरिकता नपाउँदाको समस्या कस्तो छ भन्ने विषयमा सरकार संवेदनशील हुन नसकेको बताइन् । नेपाली छोरीको विषयमा विभेद गरिएको उनले बताइन् ।

सांसद लिलानाथ श्रेष्ठले भने, “संविधान जारी भएको सात वर्ष भएको छ । अहिलेसम्म ऐन संशोधन हुन सकेको छैन ।” सांसद यशोदा गुरुङ सुवेदीले अघिल्लो विधेयक संसद्मा २०७५ सालमा आएको र समितिमा दुई वर्ष रहेर २०७७ मा प्रतिवेदनको रुपमा संसद्मा पठाइए पनि दुई वर्ष रहेर फिर्ता हुनु दुःखद् कुरा भएको बताए ।

सांसद पदम गिरीले संसदीय समितिबाट लगातार तीन वर्ष छलफल गरेर निर्णय भएर आएको विधेयक फिर्ता लिनु गलत भएको बताए । उनले यसबाट सरकार संसदीय समितिको कामको उपेक्षा गरिएको बताए सांसद दुर्गा पौडेलले नागरिकता नीति कठोर बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । अङ्गीकृत नागरिकताको सन्दर्भमा सात वर्षको समय उपयुक्त रहेको र अहिलेको विधेयकमा पनि राख्नुपर्नेमा जोड दिए । सांसद लक्ष्मणलाल कर्ण धेरै प्रतीक्षापछि सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको र यसले सबै समस्या समाधान नगरे पनि केही समस्या समाधान गर्नै विश्वास व्यक्त गरे ।

सांसद मीनेन्द्र रिजालले नागरिकता पाउने नेपालीलाई अधिकार दिनबाट वञ्चित गर्न दिन नहुने भएकाले छिटो विधेयक बनाएर पास गर्न अनुरोध गरे । सांसद अनिलकुमार झा नागरिक वर्षौंसम्म नागरिकता लिनबाट वञ्चित भएका छन्, त्यसको जिम्मा कसले लिने भनी प्रश्न गरे ।

सांसद डा भीमबहादुर रावलले राज्य व्यवस्था समितिमा दुईदुई वर्ष केका लागि छलफल भएको हो स्पष्ट पार्न अनुरोध गरे । यसरी कानुनको दुहाई दिन नदिन पनि उनले आग्रह गरे । सांसद गजेन्द्रबहादुर महतले तत्काल नागरिकता उपलब्ध गराउनतर्फ अग्रसर हुन आग्रह गरे । सांसद रङ्गमति शाहीले प्रतिपक्षमा भएर विरोध नै गर्नुपर्छ भन्ने कुरा नभएको बताउँदै सर्वसम्मत रुपमा विधेयक पारित गर्न आग्रह गरे ।

सांसद नवराज सिलवालले संविधानले नागरिकता दिनु भन्यो तर अहिले १२ लाख युवा वञ्चित भएर बस्नु दुःखद् भएको बताए । सांसद डिला सङ्ग्रौलाले कसैलाई पनि नागरिकताविहीन गराउन नहुनेमा जोड दिइन् ।

नागरिकता देशको पहिचान भएको उल्लेख गर्दै सांसद अञ्जना विसङ्खेले सबैले नागरिकता पाउनुपर्नेमा जोड दिए । सांसद देवेन्द्रराज कँडेलले नागरिकताविहीन नागरिकका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सरकारले उक्त नयाँ विधेयक यही २५ गते शुक्रबार सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको थियो । त्यसअघि सोही दिन सरकारले २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरिएको विधेयक फिर्ता लिएको थियो । जसलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विसं २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेको थियो । त्यसबेला अङ्गीकृत नागरिकताको सवालमा दलहरूबीच सहमति जुट्न सकेको थिएन ।

Chitwan Aaja चितवन आज
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.