• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ ३१, २०८२
☰
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय खुले, पठनपाठन भोलिदेखि

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

लोकप्रिय समाचार

  • १. संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

  • २. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ३. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • ४. जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

  • ५. मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

  • ७. तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

  • ८. सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

  • ९. ८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

  • १०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

संविधान, संसद् र लोकतन्त्र जोगाउन सरकार सफल

काठमाडौं, असार २८ –
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ । दुई–दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै विभिन्न राजनीतिक दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएका थिए ।

सोही परिवेशमा गत असार २९ गते गठन भएको वर्तमान सरकारले एक वर्षमा केही महत्वपूर्ण काम गरेको छ । वर्तमान सरकारको गठनसँगै पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरताको भने तत्कालै अन्त्य भएको थियो । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै सरकारले नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबैलाई पूर्णखोप दिलाउन वर्तमान सरकार सफल भएको छ ।

कोरोनाविरुद्धको खोपसँगै मुलुकभर अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्नुका साथै सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गरिसकेको छ । सरकारले बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहत एवम् पुनर्निर्माणका लागि युद्धस्तरमा कार्य गरिरहेको जनाएको छ ।

वर्तमान सरकार गठनसँगै सबै मुलुकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको छ । आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अङ्गभङ्ग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता सरकारद्वारा भएको छ । गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिब घर परिचयपत्रको व्यवस्था गरिएको छ र ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी पहिरो, प्राकृतिक प्रकोपजस्ता विपद्का बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिएको छ । क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरी सरकारले जनभावनालाई सम्बोधन गरेको छ । यसैगरी अतिविपन्न गरिब घरपरिवारलाई प्रतिघर परिवार रु. १० हजारका दरले राहत दिने घोषणा गरिएको छ ।

विपन्न वर्गको तत्कालीन जीविकोपार्जनको समस्यालाई ध्यानमा राखेर राजधानी उपत्यकाका १० ठाउँमा सस्तोमा भात खान पाइने व्यवस्था, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा सरकारले गरेको छ । सरकारले अफगानिस्तानमा तालिबान सरकारको पुनरोदयपछि सङ्कटमा परेका आफ्ना नागरिकलाई समयमै सकुशल ल्याउन सफल भएको थियो ।

सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
यस अवधिमा सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक नभएकाले प्रभावकारीरूपमा काम गर्ने गरी अनुगमन र मूल्याङ्कन संयन्त्र निर्माण गरेको छ । सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरू अघि बढाउने रणनीति तय गरिएका छन् । एक वर्षको अवधिमा वर्तमान सरकारले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम गरेको छ । जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम अघि बढाउनुका साथै सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति अवलम्बन गरिएको छ ।

लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज प्रदान गर्न सरकारले सफलता प्राप्त गर्नुका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामले शीघ्रता पाएको छ । कोभिड खोपको सुनिश्चिततासँगै राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । विद्युतीय लाइन विस्तार तथा विद्युत् वृद्धि, सडक तथा यातायात पहुँचमा उल्लेख्य विस्तार, द्वन्द्वकालीन घटनामा छानबिन, पीडितलाई राहत एवम् परिपूरणका लागि सङ्क्रमणकालीन न्यायिक संयन्त्र क्रियाशील भएको छ ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय चुनाव सम्पन्न, अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसिसी संसदबाट अनुमोदन, जनमुखी बजेटको निर्माण, भूमि आयोगको गठन गरी भूमिहीन तथा सुकुम्बासी पहिचान र पुर्जा वितरणको थालनी र पाँच लाख भूमिहीनलाई पुर्जा वितरण गर्ने घोषणालाई सरकारको सफलता मान्न सकिन्छ ।

सरकारका लोककल्याणकारी कार्य
यसैगरी, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता उपलब्ध गराउने, ‘किसानसँग सरकार’ को नारासहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि, किसानलाइ पेन्सनसहित प्रोत्साहन र राहतका योजना, जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक रु. पाँच हजार राहत, बिरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क, वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता, दुर्गम २५ जिल्लाका सुत्केरीलाई रु पाँच हजार पोषण खर्च वर्तमान सरकारका लोककल्याणकारी कार्य हुन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउँदै मूल्यवृद्धि नियन्त्रणको प्रयास गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्न १५ प्रतिशतले तलब वृद्धि, राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको ‘स्टेट पाटनरसीप प्रोग्राम’ मा सहभागी नहुने निर्णय, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पनि सरकारका महत्पूर्ण कार्य हुन् । दुई देशबीचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको विकास भएको छ ।

यही अवधिमा अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको छ । साथै सरकारले एक चीन नीतिप्रति नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याएको छ । अन्तरदेशीय प्रसारण लाइन विस्तार, भारतमा बिजुली बिक्री गरी आम्दानीमा भारी वृद्धि हुनुका साथै सरकारले सामाजिक सुरक्षामा सरकारको आडभरोसाका लागि विगतमाभन्दा अत्यधिक बढी रु. एक खर्ब ३४ अर्ब एक करोड विनियोजन गरेको छ । वर्तमान सरकारले नागरिकताविहीनताको अन्त्य गर्न हालै मात्र नागरिकता विधेयक संसदमा प्रस्तुत गरेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध
तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै चितवन प्रहरी
विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

ताजा समाचार

सबै

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

सडक माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार एक यात्रुको मृत्यु

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै चितवन प्रहरी

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

नागरिक उड्डयन प्राधिकरणले भन्यो- चोरी गरिएका सामान फिर्ता गर

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, ४ जना घाइते

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाइने : प्रधानमन्त्री सुशीला कार्की

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल

चितवन कारागारबाट गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

पेरिसडाँडा अवलोकनपछि पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

  • २.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ३.
    जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • ४.
    जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

  • ५.
    मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.