Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौं, असार १७-
अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् ।

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ, स्थानीयवासीलाई लगानीको संरचना तोकौँ”, उहाँले भन्नुभयो ।

प्रमुख आयुक्त थपलियाले अपर अरुणमा सकेसम्म बाह्य लगानी निरुत्साहित गरी आन्तरिक लगानी गर्नसके देशलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहको दायित्व र जिम्मेवारीको बन्दोबस्त गरी निर्माण सुरु हुने अवधि तोकेर अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजेन्द्र गौतमले अपर अरुणलाई सरकार र स्थानीयको संयुक्त लगानी गर्ने आधारसहित नीति निर्माण बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । अपर अरुणमा लगानी सुरक्षित र प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । सांसद गौतमले जनतालाई मालिक बनाउने नीतिअनुसार आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सङ्खुवासभा कांग्रेस सभापति एवं पूर्वराज्यमन्त्री दीपक खड्काले नेपालको गौरवको आयोजना अपर अरुण निर्माणमा आवश्यक पर्ने ऐन, कानुनका लागि सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । “दिनभरि काम गरेर साँझ बिहान पेट पाल्ने सङ्खुवासभावासीको लगानी अपर अरुणमा कसरी सुरक्षित गर्न सकिन्छ, यसबारे यो आयोजनाले सोच्नुपर्छ, सङ्खुवासभावासी धनी हुन्छन् भने किन सरकारले सहुलियत दरमा ऋण नदिने ?”, उहाँले प्रश्न गर्नुभयो ।

कांग्रेस नेता तारामान गुरुङले सोच विचार गरेर अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष हेमराज घिमिरे र नेकपा (माओवादी केन्द्र) सङ्खुवासभाका सहइञ्चार्ज रीपुप्रसाद राईले अपर अरुण आयोजना सङ्खुवासभाको हितमा हुनुपर्ने उल्लेख गर्दै सो आयोजनालाई अगाडि बढाउन आ–आफ्नो दलको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले स्थानीयवासीको हित हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वराजदूत डा अर्जुन कार्कीले अपर अरुणलाई सकेसम्म स्वदेशी लगानीमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सङ्खुवासभा–काठमाडौं पत्रकार समाजका अध्यक्ष शङ्कर खनालले जनताको लगानीमा अपर अरुण बन्नुपर्ने धारणा राख्नुभयो ।

हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी निर्देशक अर्जुनकुमार गौतमले स्थानीय बासिन्दाले कम शुल्कमा बिजुली पाउने र लगानीको सुरक्षा हुने गरी अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । निजी उर्जा उत्पादक सङ्घ (इपान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना सङ्खुवासभावासीको स्वामित्वमा बन्नुपर्ने बताउनुभयो ।

आयोजना बन्ने स्थानीय तह भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सरकारले स्वामित्व लिनुपर्ने उक्त आयोजना चाँडो बन्नुपर्ने बताउनुभयो । आयोजना निर्माणका लागि भोटखोलाका बासिन्दाको पूर्ण साथ र सहयोग रहने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति र स्थानीय लगानी परिचालन समिति सङ्खुवासभाले आयोजना गरेको उक्त कार्यक्रममा जलस्रोत विज्ञ डा. बलबहादुर पराजुलीले अपर अरुण आयोजनाको बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्यले नेपालको पानी, जनताको लगानीमा सम्पन्न गर्ने र सबै सङ्खुवासभाका जनताले आयोजनाप्रति आफ्नो अपनत्व कायम गरुन् भन्ने उद्देश्यले यो आयोजनालाई अगाडि सारिएको बताउनुभयो । अपर अरुण आयोजना समयमा सम्पन्न हुनसके सङ्खुवासभाका ३९ हजार ३०६ घरधुरी लाभान्वित हुने बताइएको छ ।

सङ्खुवासभाकाको भोटखोला गाउँपालिका–२ र ५ मा निर्माण हुन लागेको उक्त आयोजना १०६१ मेगावाट क्षमताको रहेको छ । झण्डै रु दुई खर्ब १५ अर्ब लागत अनुमान गरिएको उक्त परियोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्ने बताइएको छ । नेपाल सरकारले स्वीकृत गरेअनुसार उक्त परियोजनामा ६८ प्रतिशत शेयर नेपाल विद्युत् प्राधिकरण र विदेशी दातृसंस्थाबाट तथा बाँकी सर्वसाधारण र अन्यका लागि छुट्याइएको छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.