काठमाडौँ, २२ चैत –
सेयर लगानीकर्ताहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा विरोध प्रदर्शन गरेका छन् ।
सरकारले सेयर बजार प्रभाव पार्ने गरी कामकारबाही गरेको भन्दै लगानीकर्ताहरूले आइतबार प्रदर्शन गरेका हुन्।
सम्पत्ति शुद्धीकरणको कारबाहीले लगानीकर्ता आत्तिएका छन् । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ ।
सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो।









