काठमाडौं, चैत १९-
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ ।
ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् ।
केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।








