काठमाडौं, चैत १८-
वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडानको भाडा बढ्ने जनाएको छ । मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिपछि आन्तरिक उडानको भाडा बढाउनुपरेको संघले जनाएको हो ।
इन्धन शुल्क (फ्युल चार्ज) बढेपछि नयाँ हवाई भाडादर लागु गर्नुपरेको र हेलिकोप्टर सेवाको भाडादर पनि सोहीअनुसार समायोजन गरिने संघले जनाइएको छ । इन्धन मूल्य झण्डै दोब्बरले वृद्धि भएसँगै वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन खर्च धान्न कठिन भएको संघले जनाएको छ ।
नेपाल आयल निगमले ०८२ चैत १८ गतेदेखि लागु हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ ले बढाएर २५१ पुर्याएको छ ।









