काठमाडौं, १६ चैत –
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।
ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।
उक्त सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









