Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत्र १२ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट किट विज्ञानमा स्नाकोत्तर गरेकी २७ वर्षीय निशा सुवेदी यतिखेर वैकल्पिक किरा व्यवस्थापन जनचेतना कार्यक्रममा व्यस्त छिन् ।

आफूले अध्ययन र अनुसन्धानबाट प्राप्त गरेको ज्ञानलाई किसानहरु समक्ष पुर्‍र्याउनका लागि उनले वैकल्पिक किरा व्यवस्थापन जनचेतना अभियान कार्यक्रम सञ्चालन गरिरहेकी हुन् ।
उनले कृषकका खेतबारी र कृषि अध्ययन गरिरहेका विद्यार्थीका कक्षाकोठामा पुगेर अभियान चलाइरहेकी छन् ।

आफूले स्नातकोत्तर तहमा दुई वर्षसम्म गरेको अनुसन्धानबाट पत्ता लागेका कुरालाई सुवेदीले किसानहरुमाझ पुर्‍याइरहेकी छन् । उनले हानिकारक रासायनिक विषादीको सुरक्षित विकल्पका रुपमा जैविक ढुसीको प्रयोग गरी फौजी किरा व्यवस्थापनमा त्यसको प्रभावकारिताको अनुसन्धान गरेकी थिइन् ।

कृषिमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेको बताउँदै सुवेदीले यसबारे व्यापक चेतना जगाउन आवश्यक रहेको बताइन् ।

बालानालीमा चार/पाँच वटा किरा देख्ने बित्तिकै आत्तिएर कडा रासायनिक विष प्रयोग गर्ने प्रवृत्ति देखिएको उनले बताइन् । त्यसैगरी किरा नलागे पनि किरा लाग्नबाट रोक्न भन्दै पहिले नै विषादी प्रयोग गर्ने गरिएको पाइएको छ । अनि कुन किराका लागि कुन औषधि उपयुक्त हुन्छ भन्ने प्राविधिक ज्ञान बिना नै जथाभावी विषादी प्रयोग गर्ने गरेको पाइएको छ । यसरी जथाभावीरुपमा विषादी छर्दा यसले विभिन्न संकट पैदा गर्ने उनले बताइन् । जथाभावी विषादी छर्दा किराहरुमा विस्तारै विषादी प्रतिरोध क्षमता विकास हुन्छ । अर्थात् किरामा विषादीलाई पचाउन सक्ने क्षमता विकास हुन थाल्छ । यसले ती शत्रु किराहरुको संख्यामा झन् वृद्धि हुने उनले बताइन् । त्यसैगरी जथाभावी विषादी प्रयोग गर्दा कृषिका लागि मित्र किराहरु पनि नष्ट हुने गर्दछन् ।

त्यसैगरी विषादीमा हुने रसायनहरु खाद्यान्नमार्फत मानव शरीरमा प्रवेश गर्दा गम्भीर स्वास्थ्य समस्याहरु निम्तिने गरेको छ । त्यस्तै विषादीका रसायनहरु माटो र जलस्रोतमा वषौंसम्म रहने गर्छन् । जसले गर्दा वातावरणीय सन्तुलन बिग्रने गरेको छ ।

तसर्थ रासायनिक विषादी बिना कसरी वैकल्पिकरुपमा किराको व्यवस्थापन गर्न सकिन्छ भनेर सुवेदीले अनुसन्धान गरेकी हुन् । अनुसन्धानमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले सुवेदीलाई साथ दिएका थिए । साथै विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाको समेत सहयोग रहेको थियो ।

कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा फौजीकिरा व्यवस्थापनमा ढुसी (मेटाराइजियम रिलीयाइ) र परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) को प्रभावकारिता बारे शोधकार्य गरिएको थियो । परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) फौजीकिरा को अण्डा व्यवस्थापनमा निकै प्रभावकारी देखिएको थियो भने ढुसी (मेटाराइजियम रिलीयाइ) फौजी किराको लार्भा व्यवस्थापनमा प्रभावकारी देखिएको थियो ।

यही अनुसन्धानका क्रममा सुबेदीले (मेटाराइजियम रिलीयाइ) नामक ढुसी फौजीकिरा नियन्त्रणमा प्रभावकारी छ भनेर नेपालकै सन्दर्भमा पहिलो पटक सन् २०२४ मा वैज्ञानिक प्रमाणित गरेकी थिइन् । उनको यो महत्वपूर्ण अनुसन्धान ‘इन्डियन जर्नल अफ एन्टोमोलोजी’ मा समेत प्रकाशित भएको छ ।

आफ्‌नो शोधकार्य सफलतापूर्वक सम्पन्न गरेपछि सुवेदी अर्को चरणको परियोजनामा आवद्ध भएकी थिइन् । विभिन्न संघसंस्था र कृषि विश्वविद्यालयको सहकार्यमा सञ्चालित यस परियोजनाको मुख्य उद्देश्य प्रयोगशालामा परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) र ढुसी (मेटाराइजियम रिलीयाइ) धेरै मात्रामा उत्पादन गर्ने र किसानको मकै बारीमा प्रयोग गरी फौजी किरा व्यवस्थापनमा प्रभावकारिता परीक्षण गर्नु थियो । यतिबेला सुवेदीले ढुसीमा काम गरेकी थिइन् ।

यी अनुसन्धानबाट प्राप्त ज्ञानलाई सुवेदीले किसान र विद्यार्थीहरुमाझ पुर्‍र्याउन वैकल्पिक किरा व्यवस्थापन जनचेतना अभियान चलाएकी हुन् । दुई वर्षदेखि उनले यो काम गरिरहेकी छन् । उनले यही पुषमा उदय नेपाल नामक संस्था खोलेकी छन् । अहिले त्यसै संस्थामार्फत कार्यक्रमकै रुपमा अभियान चलाइरहेको उनले बताइन् ।

२०/२५ जना कृषक जम्मा गरेर फौजी किरालाई कसरी चिन्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे ज्ञान दिने गरेको उनले बताइन् । ‘ढुसीमात्र नभई विषादीको अन्य विकल्पका बारेमा बुझाउने गरेको छु’ उनले भनिन् ।
उनी भन्छिन्, ‘व्यावसायिक रुपमा कृषि गरिरहेका हुन्छन् । रासायनिक विषादीको विकल्पको भरमै त किसानहरु बस्न सकिरहेका हुँदैनन् । तर रासायनिक विषादीलाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने र क्रमिक रुपमा कसरी विषादीको प्रयोगलाई घटाउँदै लैजाने भन्नेबारे जनचेतना जगाएको छु ।’

खेती गरेको सुरुबाटै विकल्पका रुपमा ध्यान दिएर काम गर्नुपर्ने उनले बताइन् । किराले धेरै नै आक्रमण गर्न थालिसकेपछि विकल्प खोजेर त्यति प्रभावकारी नहुने उनले बताइन् । स्रोत साधनको अभावका कारण आफैले खेती गरेर नियमितरुपमा परीक्षण गर्न भने नपाइएको उनको भनाइ छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

ताजा समाचार

सबै

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.