आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन २ गते । शनिबार । ईश्वी सन् २०२६ फेब्रुअरी १४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वादशी, २२ घडी १५ पला, दिउँसो ३ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाषाढा, २८ घडी ४२ पला, बेलुकी ६ बजेर १३ मिनेट उप्रान्त उत्तराषाढा । योग–सिद्धि, ५२ घडी ४ पला, रातको ३ बजेर ३४ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउँसो ३ बजेर ३८ मिनेट उप्रान्त गर, रातको ४ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु
मेष : व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन्।
बृष : कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । सफलता मिल्ने समय रहको छ।
मिथुन : राम्रो आम्दानी गर्न सकिनेछ । विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ। यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ ।
कर्कट : प्रेमका लागि समय उत्तम रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ ।
सिंह : प्रेममा अविश्वासको वातावरण सिर्जना हुनेछ ।पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन ।अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ
कन्या : राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।
तुला : जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ ।पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ। प्रेम राम्रो रहन सक्नेछ। खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।धन खर्च हुनेछ ।
वृश्चिक : राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ ।व्यवसायमा आम्दानी गर्न मुस्किल पर्नेछ । उपहार पुरस्कार आदि मिल्नेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन,
धनु : कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ ।
मकर : आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन छोटो यात्रा हुन सक्ने योग पनि देखिन्छ।
कुम्भ : अध्ययनको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । धार्मिक कार्यमा मन जाने तथा यात्रा गर्न सकिनेछ । यात्राको सम्भावना रहेको छ । सानो प्रयत्नले कामहरु बन्नेछन् । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।
मीन : इज्जत, प्रतिष्ठा बढ्ने ठाउ“मा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइने ६ । कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ । एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन छ
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।








