काठमाडौं माघ १८
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार उपमुख्यमन्त्री बनेकी छन्।
शनिबार उनले उपमुख्यमन्त्रीको शपथ र पदभार ग्रहण गरेकी छन्।
योसँगै महाराष्ट्रले पहिलो पटक महिला उपमुख्यमन्त्री पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विधानसभा चुनावमा भारतीय जनता पार्टीले अजित पवारको नेश्नलिस्ट कांग्रेस र एकनाथ सिन्देको शिवसेनासँग गठबन्धन गरेको थियो।
भाजपाकै देवेन्द्र फडनविस मुख्यमन्त्री बनेका थिए। सिन्दे र पवार उपमुख्यमन्त्री बने।
पवार माघ १४ गते आफ्नो गृहजिल्लामा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा उनी सवार विमान बारामति अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






