४ माघ भरतपुर-
चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय प्रयोजनार्थ आवश्यक उपकरण आइतबार एक कार्यक्रमका विच हस्तान्त्रण गरेको छ ।
जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यालयको सेवा सञ्चालनमा सहयोग पुर्याउने उदेश्यले ५ थान कम्प्युटर, २ थान प्रिन्टर, ६ थान एसी, ४ थान कम्प्यूटर टेवल, ४ थान कुर्चि र २ थान टि टेवल आन्तरिक राजस्व कार्यालय भरतपुरलार्ई हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्री चितवन उद्योग वाणिज्य संघको सहयोगी संस्था GIZ RSRSD ले सहयोग गरेको हो ।
कार्यालय प्रयोजन सामाग्री हस्तान्त्रण गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गत भाद्र २४ गते भएको जेनजी आन्दोलनको कारण जलेर भवन तथा भवन भित्रका समान नष्ट भएका कारण आन्तरिक राजस्व कार्यालयको सेवा पूर्ववत अवस्थामा जस्तै निर्विघ्नताका साथ कार्यालय सञ्चालनमा टेवा पुर्याउने उद्देश्यले कार्यालय प्रयोजनका सामाग्री सहयोग गरिएको बताउनुभएको भयो ।
सहयोग सामग्री ग्रहण गर्दै आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूण्य विक्रम खड्काले चितवन उद्योग वाणिज्य संघ लाई धन्यवाद दिनुभएको थियो ।
कार्यालय समाग्री हस्तान्तरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, GIZ RSRSD का नविन लाल श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका, उपाध्यक्ष द्वय नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, संघका कार्यसमिति सदस्य एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।






