Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, पुष २६, २०८२
☰
Logo शनिबार, पुष २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ६. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु,दिउसोको समयमा आवतजावत बन्द

नारायणगढ (चितवन), पुस २५-
माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ ।

दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष एवं प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दिउँसोको समयमा पुलको आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको हो । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पु¥याउन अनुरोध छ ।”

केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उहाँले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्याङ्कन गरी छलफलपछि निर्णय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय पनि छ, बालबालिका ओसारपसार गर्नुपर्ने अवस्था छ । मोटरसाइकलको हकमा चलाउन नदिई डो¥याएर मात्र लैजान दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।” उहाँले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो । हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

पुल मर्मतका लागि आजदेखि सस्पेन्सन ब्रिज ललितपुर कार्यालयबाट प्राविधिक टोली खटिएर काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको उहाँले बताउनुभयो । देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उहाँको भनाइ छ ।

विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिनुभयो । देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उहाँले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै जोखिमको आधारमा भीड व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताउनुभयो ।

माघे सङ्क्रान्तिमा यही पुल हुँदै आवतजावत गर्ने भक्तजनको सङ्ख्या धेरै हुने र पुल जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाइएको उहाँले उल्लेख गर्नुभयो । देवघाट गाउँपालिका–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हामी पार्टी फुट्न दिदैनौँः कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

ताजा समाचार

सबै

हामी पार्टी फुट्न दिदैनौँः कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चुनावी अभियान चलाउन रास्वपाले माग्यो ३२१ कर्मचारी

युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका बीसवटा गोही प्रकृतिमा छाडियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ६.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.