दमौली, १८ पुसः
बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् ।
तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् ।
बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिनुभयो । त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।
बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षले यहाँको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको गुरुङको भनाइ छ ।
उहाँले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्षका बारेमा देश तथा विदेशमा प्रचारप्रसार गर्न सफल भयाँै, जसले बाह्य र स्वदेशी पर्यटकलाई बन्दीपुरसम्म आकर्षित गर्न सकियो ।”







