• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • १०. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

बर्खामा सधैँ किन डुब्छ कपन ?

काठमाडौं, असार ७ –
हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ । विकासको नाममा स्काभेटर प्रयोग गर्दा हरेक वर्ष जताततै यी क्षेत्रमा ठूला–ठूला खाल्डा र जताततै भत्किएको छ ।

कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा कपनबासीले अव्यवस्थित ढलसँगै आएको बाढीको समस्या बेर्होदै आइरहेका छन् । अव्यवस्थित ढल र ढलसँगै बग्ने पानीको मात्रा धेरै भएपछि ढलको बिर्को भत्किएर जताततै दुर्गन्धितसमेत हुँदै आएको छ । मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका हुन् ।

वर्षासँगै बगेको पानीको उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको हो । पानी परेपछि चाबहिलको मालपोत कार्यालय नजिक ढल भत्किएर सडकबाट पानीको मुस्लो निस्कने गरेको छ । त्यहाँ नहरमा झैँ पानी बग्ने गरेको छ । मालपोत कार्यालयले नै यो दुर्दशा वर्षौंदेखि खेप्दै आइरहेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डो बनेका छन् ।

अव्यवस्थित ढलका कारण गत असोजमा बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विकको मृत्युसमेत भएको थियो । बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा फेला परेको थियो ।अव्यवस्थित ढल कपनवासीको लागि पासो बन्ने गरेको छ । कहिलेसम्म हामीले यो नियति भोग्नुपर्ने हो कपनका व्यवसायी दीपक नेपालीको प्रश्न छ । त्यतिमात्रै होइन वर्षासँगै आउने भेलका कारण मिलनचोकले धेरै मोटरसाइकल, साइकल र टेम्पो बगाएको छ । धेरैले तरकारी, कपडा, जुत्ताचप्पलको व्यवसाय गर्दै आएका ठेलगाडा पनि बगाएको छ । मिलनचोकमा पानी परेपछि सडक र पसलबाट खोलो नै बग्ने गरेको छ । स्थानीयवासी सडकसमेत पार गर्न सक्दैनन् ।

हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझैँ गर्ने गरेको स्थानीयवासीको आरोप छ । यहाँको यो समस्या समाधानका लागि कहिले उचित र छिटो काम होला भन्ने दिनगन्दै कपनवासी पर्खिरहेका छन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत धेरै पटक दुर्घटनामा पर्ने गरेका छन् । भृकुटीचोकदेखि मिलनचोकमा प्राय यो घटना देखिने स्थानीयवासी हरिशरण दुलाल बताउँछन् ।

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपयलाई त सोही बाढीले बगाउने पनि गर्दछ । कपनवासीले यस्तो समस्या वर्षौंदेखि खेप्दै आएका हुन् । धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि माग नगरेका पनि होइनन् तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्तिले हैरान भएको उनीहरुको गुनासो छ । ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।

कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटनासमेत हुने गरेको छ । कपन मिलनचोक नजिक बस्ने दिलीप चौधरी सडकमा बगेको पानी देखाउँदै भन्छन्, “यहाँ कहाँ सडक छ ? यहाँबाट पार कसरी गर्ने ? यस्तो दुर्दशा कहिलेसम्म सहने ? यी समस्या भन्दै गर्दा चौधरी चिन्तित देखिनुहुन्थ्यो ।”

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका बासिन्दा आजित बनेका छन् । यातायातका साधन पनि प्राय अवरुद्ध हुने गर्दछ । कपन चौकी हुँदै मिलनचोक तरकारी बजारबाट साततले पानीको भेलले चार ठाउँमा सडक अवरुद्ध हुने गरेको छ । हरेक वर्ष बर्खा आउँछ, सडक बगाउँदा पनि सरकारी बेवास्ताका कारण यहाँका व्यवसायी र स्थानीय चिन्तित बनेका छन् ।

यस्ता समस्याको समाधान नुहँदा व्यवसाय नै चौपट भएको उनीहरुको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर ढलको उचित व्यवस्थापन गर्नुपर्ने र यस्ता समस्याको समाधान गर्नुपर्ने माग छ । जनप्रतिनिधिको बेवास्ताले कपनवासीको मागको सम्बोधन नभएको उनीहरुको गुनासो छ । सरकारले यस विषयमा उपयुक्त निर्णयका साथ उचित समाधान गर्नुपर्ने कपनवासीको तर्क छ । – रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

ताजा समाचार

सबै

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

बेनीमा मौलिक सम्पदाको संरक्षण

चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.