मंसिर २४,काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन् । सर्वोच्चले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले आज पदबहाली गरेका हुन् ।
शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो ।
कुलमान घिसिङ ऊर्जामन्त्री बनेसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णयविरुद्ध शाक्य अदालत गएका थिए ।
शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लैजाँदा मन्जुरी लिनुपर्ने भएपनि नलिएको पाइएको अदालतले व्याख्या गरेको छ ।









