Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, मंसिर १७, २०८२
☰
Logo बुधबार, मंसिर १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

  • २. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ४. शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • ९. गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

  • १०. बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङ, मंसिर १७-
स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

यहाँ गत वर्ष यहाँ उत्पादन भएको स्थानीय र हाइब्रिड स्याउ गरी फार्म गेट औसत मूल्य प्रतिकिलो रु १५५ मा बिक्री भएकामा यस वर्ष प्रति किलो फार्म गेट मुल्य रु १८५ मा बिक्री हुँदा स्याउ बिक्रीबाट आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षको स्याउको फार्म गेट मुल्यमा प्रतिकिलो रु ३० ले वृद्धि भएको हो । गत वर्ष मुस्ताङमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष छ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष ६४४ मेट्रिक टन स्याउ कम फलेको हो ।

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन दर घटे पनि उच्चघनत्व प्रविधिमा आधारित ९हाइब्रिड० स्याउको उत्पादनमा भने कुनै असर नपुगेको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ गत वर्ष स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो ।

यस वर्ष स्थानीय जातको स्याउ पाँच हजार २५९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

मुस्ताङमा यस वर्ष यहाँ उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको जनाइएको छ । गत वर्ष यहाँ ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ८२ करोड ६८ लाख आम्दानी भएको थियो ।

गत वर्ष यहाँ स्थानीय स्याउ निर्यात हुँदा रु ६० करोड १८ लाख आम्दानी भएको थियो भने हाइब्रिड स्याउ निर्यात हुँदा रु २२ करोड २५ लाख पाँच हजार आम्दानी भएको थियो । यस वर्ष स्थानीय जातको स्याउ निर्यात गर्दा रु ७१ करोड ७३ हजार आम्दानी भएको थियो । कार्यालयको स्याउ तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाख वृद्धि भएको छ ।

यहाँ बर्सेनि कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक लगायतको समन्वयमा माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङ क्षेत्रमा तीन भागमा विभाजन गरी स्याउको क्रप कटिङ विधिबाट धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने स्याउ बगैँचाको उत्पादन लेखाजोखा गरिएको आधारमा उत्पादन र आम्दानी अनुमान गरिएको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको र १० प्रतिशत स्याउ जिल्लाभित्र भण्डारण र खपत भएको छ । मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकोमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।

त्यसमध्ये स्थानीय स्याउको क्षेत्र ८३७ हेक्टरमध्ये ५७२ हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । यसैगरी ६२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ बगैँचामध्ये ५५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ सात हेक्टर र हाइब्रिडतर्फ दुई हेक्टर क्षेत्रफल विस्तार भएको थियो । मुस्ताङमा एक शुन्य छ प्रतिशतले स्थानीय स्याउ र १० प्रतिशतले हाइब्रिड स्याउको उत्पादनशील क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।

यहाँ गत वर्ष प्रतिहेक्टर उत्पादकत्व स्थानीय १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर प्रति हेक्टर उत्पादकत्व नौ दशमलव १९ प्रतिशत रहेको छ । यसैगरी गत वर्ष हाइब्रिड स्याउ प्रति हेक्टर उत्पादकत्व २५ मेट्रिकटन रहेको यस वर्ष २५ दशमलव ९० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङका स्याउ किसानले स्थानीय जातका स्याउमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन गर्छन् । उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ गाला,रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्सलगायतका स्याउ उत्पादन हुने गरेको छ । रासस

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम
भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट
प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

ताजा समाचार

सबै

विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम

भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्नेः युट्युब

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

भरतपुर अस्पतालमा मौसमी रुघाखोकीका बिरामीको चाप

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवनका केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

तनहुँको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

  • २.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ४.
    शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech