मंसिर १६, नवलपुर ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ह १७४२ नम्बरको अटो र दुम्किबासबाट सर्दीतर्फ जादै गरेको प्रं ३–०३–००१ प ८५४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी अटो चालक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाडी निवासी ६० वर्षीय हेम बहादुर गहतराज, मोटरसाइकल चालक विनयी त्रिवेणी ४ निवासी २८ वर्षीय विवेक भट्टराई, मोटरसाइकल पछाडि सवार ३७ वर्षीय कर्ण बहादुर विक घाइते भएका छन् ।
त्यसैगरी अटोमा सवार विनयी त्रिवेणी २ निवासी ५२ को यम बहादुर सिँजाली मगर, ५१ वर्षीया तुलसरा सिँजाली मगर, १८ वर्षीय जेम श्रीष मगर र ५७ वर्षीय भीम बहादुर सुनारी घाइते भएका छन् ।
दुर्घटना परी घाइते अटो चालकको चितवनमा र बाँकीको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









