१५ मंसिर, विराटनगर ।
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल देश गम्भीर संकटमा गुज्रिरहेको बताएका छन् ।
विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै देशलाई निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताएका हुन् ।
उनले मार्क्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्त रहेको बताए । समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि एकता गरिएको बताए ।
उनले एमालेको शैलीले समाजवादसम्म नपुगिने बताए ।
आफ्नै कमजोर, विदेशी सड्यनत्रका कारण कम्युनिस्ट पार्टीहरु पटकपटक विभाजन भएको बताए ।
कृषि क्रान्तिका कार्यक्रम ल्याउने कम्युनिस्ट पार्टीले सत्तामा पुगेपछि एजेन्डा बिर्सिएको बताए । कम्युनिस्ट पार्टीले सुरुदेखि नै कृषि क्रान्तिको एजेन्डा राखेको बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















