Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ ०३, २०८२
☰
Logo शनिबार, माघ ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • १०. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

ललितपुर, मङ्सिर ७-
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी कोन्ज्योसोम डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९र८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि अलपत्र भएको हो ।

सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनःनिर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनःनिर्माण अलपत्र बनेको छ । अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने यो मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सरोकार भएका कुनै पनि निकायले ध्यान नदिएका स्थानीयको गुनासो छ ।

गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले पालिकाका तर्फबाट दुई पटक गरी रु नौ लाख बजेट छुट्याइए पनि उपभोक्ता समितिबाट काम हुन नसकेको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर जीर्ण भएको थियो । मन्दिर पुरानै स्वरुपमा बनाउनुपर्नेमा मापदण्ड नमिलेर रोकिएको उहाँको भनाइ छ ।

कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष विजय लामाले समितिले मन्त्रालयमार्फत् विनियोजन गरेको रकमबाट किनेको काठ अलपत्र भएको बताउनुभयो । उहाँका अनुसार पुरातात्विक महत्वको यो मन्दिर नबन्दा यहाँ भएका ऐतिहासिक एवं धार्मिक महत्वका सामग्री पनि नष्ट हुन थालेका छन् ।

यहाँको बाघको पञ्जा भएको ढुङ्गा संरक्षणस्थलको अभावमा फुटेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयोे । उहाँका अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरमा प्रत्येक वर्ष पुस मसान्तमा बत्ती बाल्नेको घुइँचो लाग्दछ भने माघ १ गते यहाँ मेला लाग्ने गरेको छ ।

समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा अवस्थित फूलबारी डाँडाको फेदीमा रहेको यो मन्दिरमा पुग्ने सबै आन्तरिक एवं बाह्य पर्यटक अलपत्र संरचनाका कारण पुग्न समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो । माथिको डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले आन्तरिक एवं बाह्य पर्यटकको यस क्षेत्रमा घुइँचो हुन थालेको हो ।

कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्दछ । नगरकोटबाट भन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा पनि छ ।

फूलबारीडाँडामा पनि केही वर्षअघि बौद्ध दर्शन अनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्रस्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । प्राचीनकालदेखि यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोन्ज्योसोममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीयवासी पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरू जुटेका हुन् ।

सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुगिन्छ । बालेश्वरी मन्दिर, फूलबारीडाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरवास होमस्टे खुलेका छन् । त्यसमध्येको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।

यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पूर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ सालको तीन, तीन वटा भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उहाँलगायत सात जनाको समूहले होमस्टे चलाउनुभएको हो । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवर्द्धनमा लागिपर्नुभएको छ । उहाँलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गर्नुभएको हो । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारीडाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ । गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीयवासीको माग छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिन्छ ।

रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २०–२५ वटा पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि यहाँका स्थानीयवासीले तयारी गरेका स्थानीय ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो ।

राजधानीको धुँवा, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोन्ज्योसोमसम्म पदमार्ग रहेको छ । यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तानले बताउनुभयो ।

कोन्ज्योसोम डाँडाबाट काभ्रेपलान्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग पर्दछ । कोन्ज्योसोम डाँडाबाट महाङ्काल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उहाँले सुनाउनुभयो । काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारीडाँडा अहिले धेरै युवायुवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

कोन्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिनको दिउँसो ३ः०० बजे कोन्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । अरु यातायातको सुविधा नहुँदा भने यहाँ जान समस्या हुने गरेको छ । यहाँ जाने सडक विभिन्न स्थानमा कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र गरेको हो ।

फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ ।

यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुच्छ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ । शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारीडाँडामा हिमाल हेर्न जाने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो हुने गरेको छ । पर्यटक अनुसार यहाँ होमस्टेलगायत पूर्वाधार भने छैन । रासस

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल
पाल्पामा चुनावी चहलपहल
निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

ताजा समाचार

सबै

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.