काठमाडौँ १ मङ्सिर
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम स्थिति सार्वजनिक गरेको छ ।
सोमबार बिहान ८ बजे सार्वजनिक बुलेटिनअनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश ठाउँमा सफा रहने जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।














