कार्तिक ३०, चितवन-
चितवन फोटोग्राफी सङ्घको ४६ औं स्थापना दिवसको पावन अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।हिजाे भएको सो कार्यक्रममा संस्थाको कार्यालय लायन्सचोक देखि चाैविसकोटीसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो।
जुन कार्यक्रममा चितवन फोटोग्राफी सङ्घका १५० जना भन्दा बढी फोटोग्राफरहरूले को प्रत्यक्ष सहभागिता रहेको थियो।सस्थाका सस्थापक काेषाध्यक्ष गाेविन्द कडेलले रिवन काटेर उद्घाटन गरेका थिए । प्रभात फेरि चाैविसकोटी मा भएकाे रक्तदान कार्यक्रममा अाएर विसर्जन गरेकाे थियाे ।
चितवन जिल्लामा देखिएको रक्त अभावको पदपूर्ति गर्न खुल्ला रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद सापकोटाले जानकारि दिएका छन । उक्त कार्यक्रममा २९ जना पुरुष सहित ६ जना महिलाले रक्तदान गरेका छन्। पहिलोचोटि रक्तदान गर्नेहरूको सङ्ख्या ४ जना रहेको थियाे , उनिहरूलाई रक्त सकलन हुने व्याग कार्यक्रम का प्रमुख अतिथि भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारिले दिएर कार्यक्रम उद्घाटन गरिएकाे थियाे , ६०अाै पटक रक्तदान गर्ने संस्थाका पूर्व कार्यसमिति सदस्य प्रकाश घिमिरे रहेका छ।
उपप्रमुख अधिकारीले फोटोग्राफी संघले मानवीय सेवाप्रति देखाउँदै आएको तत्परता, सामाजिक जिम्मेवारी र कला–संस्कृतिप्रतिको योगदानको प्रशंसा गरे। चितवनका फोटोग्राफरहरूको कला र व्यावसायिकता उच्च स्तरको रहेको उल्लेख गर्दै उनले फोटोग्राफरहरूको एकताले चितवनलाई अझ सशक्त बनाउने बताए।उनले संघले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै संघका लागि भवन निर्माण गर्न खाली जग्गा पहिचान गरी प्रस्ताव लिएर आउन आग्रह गरे। “भवन बनाउन मिल्ने खाली जग्गा पहिचान गरेर वडा मार्फत प्रस्ताव ल्याउनुहोस्, महानगर सहयोग गर्न तयार छ,” उनले भने।
हिजै ट्राफिक सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ। ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न स्टिकरहरू सवारि साधनमा टासि, पर्चा सामाग्रिहरू चितवन जिल्ला ट्राफिक निरिक्षकलाई प्रदान गरिएकाे कार्यक्रम सयाेजक सापकाेटाले जानकारि दिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा पूर्व अध्यक्ष चन्द्रकान्त ओझा, पूर्व अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेल, निवर्तमान अध्यक्ष ध्रुव सापकोटा, सरक्षक कमलनारायण श्रेष्ठ, सस्थापक काेषाध्यक्ष गाेविन्द कडेल,चितवन जिल्ला ट्राफिक निरीक्षक अनिल थापा, वडा प्रहरी कार्यालय पुलचाेक प्रमुख, नेपाल फोटोपत्रकार का केन्दिय सचिव काेमलचन्द्र भगत रहेका थिए, अतिथिहरूमा सस्थाका सल्लाहकार सदस्य ईश्वरि घिमिरे, नेपाल फोटोग्राफर सङ्घका केन्द्रीय सदस्य विपिन खतिवडा, चितवन मिडिया एडका अध्यक्ष गुणराज दाहाल रहेका थिए। स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले गरेका थिए भने कार्यक्रमकाे सहजिकरण चितवन जिल्ला फोटोग्राफर सङ्घका सचिव रमेश घिमिरेले गरेका थिए । उक्त कार्यक्रम सस्थाका अध्यक्ष हरिचन्द्र पन्तकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।















