Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, कार्तिक २७, २०८२
☰
Logo बिहिबार, कार्तिक २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ३. हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ४. सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ५. हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ६. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ७. हेर्नुस तपाइँको आजको राशीफल

  • ८. हेर्नुस तपाईंको आजको राशीफल

  • ९. भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

काठमाडौँ २७ कात्तिक
निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको जानकारी दिए। यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने उनले बताए।

बुधबार जेनजीसहितका सरोकारवालाको एक बैठकमा बोल्दै भण्डारीले भने, ‘राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं।’

यो नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन्। आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ। यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हट्नेछ।

आयोगको यो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताए।

‘विदेशमा बस्नेहरूले पनि अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। उहाँहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले यहाँ (नेपालमा) जोड्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।

हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको पनि उनले जानकारी दिए। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ। नाम दर्ताको समय कात्तिक सम्म रहेको छ ।

कसरी सम्भव भयो ?

जेनजी समर्थकहरू राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोगका प्राविधिकसँग ३–४ दिनसम्म यसबारे छलफलमा रहेका थिए । ‘राति–रातिसम्म बसेर गरिएको हाम्रो प्रयासपछि मतदाता परिचयपत्र बनाउने क्रममा राष्ट्रिय परिचयपत्र भएकालाई बायोमेट्रिक नदिन पर्ने प्रणालीको परीक्षण हिजो सफलतापूर्वक सम्पन्न भयो, जेनजी अभियानलाई साथ दिँदै आएका अभिनेता समेत रहेका रवीन्द्रसिंह बानियाँले भने ।

उनकाअनुसार नमुना फारम भर्ने क्रममा कुनै प्राविधिक समस्या नदेखिएसँगै आयोग अहिले निर्णय गर्ने स्थितिमा पुगेको हो । उनले भने, ‘आन्दोलनका घाइते साथीहरू पनि अस्पतालमै बसेर विदेशमा हुनु भएकाहरूले विदेश बाटै भोटर कार्ड बनाउन पाउने बाटो खुलेको छ।’

यसैबिच पूर्वमन्त्री सुमना श्रेष्ठले आम नागरिक, विशेषगरी युवाहरूलाई आफ्नो स्मार्टफोन र ल्यापटप लिएर सडकमा निस्किई मतदाता नामावली दर्ता गर्न छुटेकाहरूलाई सहयोग गर्न आह्वान गरेकी छन्।

राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण अब निर्वाचन आयोगले मतदाता नामावलीका लागि सोझै प्रयोग गर्न सक्ने व्यवस्था गरिसक‍ेको जानकारी दिँदै उनले यो प्रक्रिया पहिलेभन्दा निकै सहज भएको बताइन्।

श्रेष्ठले रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा कार्यरत धेरै युवाहरूको मतदाता परिचयपत्र नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूलाई सहयोग गर्न विशेष आग्रह गरिन्। ‘धेरैभन्दा धेरै साथीहरू आफ्नो स्मार्टफोन, आफ्नो ल्यापटप लिएर अब सडकमा जाऔँ,’ उनले भनिन्, ‘रेस्टुरेन्टमा काम गर्ने हाम्रा धेरै युवा साथीहरूको भोटर आइडी छैन। उहाँहरूलाई भोटर आइडी बनाउन सहज गर्दिऔँ।’

उनले सडक, चोक वा अन्य सार्वजनिक स्थानमा लाइनमा बसेका मानिसहरूलाई मतदाता परिचयपत्र बनाएको वा नबनाएकोबारे सोध्न र आवश्यक परेमा आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन फारम भरिदिनसमेत सुझाइन्।

Chitwan Aaja चितवन आज
बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

सबै

चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

माओवादी सांसद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

रवि र छविको मुद्दामा बहस सुरु

भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा

दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

हेर्नुस तपाईंको आजको राशीफल

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ४.
    सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ५.
    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ६.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech