काठमाडौँ, कात्तिक २६ –
बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।














