२४ कात्तिक, काभ्रेपलाञ्चोक-
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ ।
पटक-पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् ।
विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।














