काठमाडौँ, २३ कात्तिकः
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १८ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आज मात्रै ३ वटा दलले निवेदन दिएका छन् ।
आज निवेदन दिएका पार्टीहरूमा आवाज पार्टी,नेकपा वामपन्थी र सार्वभौम नागरिक पार्टी रहेका छन् ।
आयोगले निवेदनमाथि आवश्यक अध्ययन गरिरहेको छ ।
यसअघि उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी,राष्ट्रिय जेन्जी पार्टी नेपाल,कम्युनिष्ट पार्टी नेपाल लगायत दलहरुले निवेदन दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














