काठमाडौं, कात्तिक २३-
मेडिकल व्यवसाई दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउने काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् । आज (आइतबार) बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभामा प्रसाईले मेयर बालेनको प्रयास सफल हुन नदिने र बालेनसँग राजु पाण्डेविरुद्ध लड्न पनि सहयोग गर्ने बताएका हुन् ।
प्रसाईले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘
‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उनले भने । प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए ।














