चितवन कात्तिक,२१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ ।
स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ ।
पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन ।
७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका संरचना बनेका छन् । ७५३ मध्ये ५५० पालिका र ४ हजार वडामा समिति बनेको सो पार्टीले जनाएको छ ।
देशका २ हजार ५ सय वडा र ५० पालिकामा मात्रै पार्टीको अधिवेशन भएको छ ।
३५ देशमा रास्वपा विस्तार भएको दाबी रास्वपाको छ । रास्वपाको अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू छन् ।
पार्टीमा जतिसुकै उत्साहित भएर लाग्दा पनि देशका सबै पालिका र जिल्लामा पार्टी संरचना ग्रासरुटसम्म लैजान नसकिएको यर्थाथता रहेको रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दा लगाइनु, लान्छना र अफवाह फैलाउनु, बदनाम गरिनु तथा राजनीतिक र व्यक्तिगत प्रतिशोध गरिँदा पार्टी कमजोर नभई बलियो भएर फैलिएको विष्लेषण रास्वपाको छ ।














