कार्तिक १९,काठमाडौं ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले हिजो बैठकमा राखेको महाधिवेशन कार्यतालिका व्यक्तिगत भएको बताएका छन्।
महामन्त्री गगन थापालाई संस्थापन पक्षको तर्फबाट काउन्टर दिन भन्दै पेस गरिएको भएपनि आलोचना भएपछि आजको बैठकको सुरुआतमै खड्काले प्रष्टीकरण दिएको एक केन्द्रीय सदस्यले बताए।
बैठकमा खड्काले भने, ‘मिडिया र सामाजिक सञ्जालहरूमा पनि कार्यपालिकाबारे कुरा आइरहेका छन्। त्यो उहाँको व्यक्तिगत मात्रै हो।’
हिजोको बैठकमा महामन्त्री थापाले १५ औँ महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका प्रस्तुत गरेका थिए भने सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका थिए।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने चर्को विवाद छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














