Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक ०८, २०८२
☰
Logo शनिबार, कार्तिक ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३. गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४. चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

  • ७. नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

  • ८. हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

  • ९. कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

  • १०. विपिन जोशीको शव ल्याइयो नेपाल

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपुर (नवलपरासी), कात्तिक ८-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो ।

सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताउनुभयो । “सामान्य दिनमा २०० जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदाको दिनमा ५०० नाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “यो तिहारको बेलामा त यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा मानिस आएका थिए ।”

ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका नेपालको भनाइ छ ।

यस क्षेत्रमा पर्यटकको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भसहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा दृश्यावलोकन स्तम्भ निर्माण अलपत्र परेको नेपालले बताउनुभयो । यद्यपि यहाँ स्थानीय भूतपूर्व सैनिकहरुको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

“ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै वनभोजका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पार्कभित्र वनभोज स्थलसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” पार्क नजिकै रहेका होटलमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय हुमनाथ उपाध्यायले बताउनुभयो ।

“यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाट मानिसहरु घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँ एकपटक आएका मानिस यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिसहरु आउन थालेका भन्दै उपाध्यायले यस क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रको रुपमा विकास हुने सम्भावना रहेको बताउनुभयो ।

मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित वनभोज आउनुभएकी सरस्वती महतोले यहाँको दृश्यावलोकनका कारण आफूहरुलाई आकर्षित गरेको बताउनुभयो । “हामी परिवारका सदस्य भेला भएको बेला चार÷पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उहाँले भन्नुभयो, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन् ।”

घरबाट नजिकै पारिवारिक रुपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुम्न आएको महतोले बताउनुभयो । गैँडाकोटबाट पहिलोपटक साथीहरुसँग यहाँ आउनुभएका सुजन पाण्डेले ठाउँ राम्रो भए पनि यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताउनुभयो । “नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।”

व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो बनाउने गरेको दृश्य देखिएको भन्दै पाण्डेले यसलाई सुरक्षित पार्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो ।

जेनजी समूहका पाण्डेले आफ्नो समूहका मानिसलाई प्रकृतिसँग रमाउने यो ठाउँ उपयुक्त स्थान भएको भन्दै यसलाई सुधार गरेर व्यवस्थित पार्न सकेमा बाह्य पर्यटकसमेत यस स्थानमा आउने बताउनुभयो । “ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन भनेर भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।”

पूर्वपश्चिम राजमार्गको डण्डाबाट करिब नौ किलोमिटर दक्षिणमा पर्ने ब्रम्हस्थान प्राकृतिक रुपमा सुन्दर रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको यस स्थानमा आवश्यक संरचना निर्माण गर्दै पर्यटकले फाल्ने प्लाष्टिकजन्य फोहरलाई सही रुपमा व्यवस्थापन गर्न सके देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । रासस

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौशालाको माछा बजारमा शव फेला
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

ताजा समाचार

सबै

गौशालाको माछा बजारमा शव फेला

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

पोखरामा कुटपिटबाट एक पुरुषको मृत्यु

एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

बेवारिसे अवस्थामा भेटिएका पुरूषको मृत्यु

छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

जेनजी आन्दोनलमा लुटिएको गोलीसहित दुई किशोर पक्राउ

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

रुकुम पश्चिम जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना गम्भीर

विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब र रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा सचेतना कार्यक्रम

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३.
    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४.
    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५.
    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६.
    तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech